३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

सुत्केरी महिलालाई सुतार कार्की एकता समाजको आर्थिक सहयोग



काठमडौं । सुतार कार्की एकता समाज केन्द्रीय समितिको अगुवाईमा एक सुत्केरी महिलालाई आर्थिक सहयोग गरेको छ ।

सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा नं. ३ स्थायी ठेगाना भएका दलौरु निवासी प्रदिप कार्कीको सुत्केरी श्रीमतीको उपचारका लागि कार्की एकता समाजका पदाधिकारीले आर्थिक सहयोग गरेका हुन् । सुत्केरीका लागि उपचार खर्च अभावका कारण आर्थिक समस्या भएकाले आर्थिक सहयोग गरिएको नविन कार्कीले बताए ।

बिरामीलाई ५० हजार २ सय रुपीयाँ आर्थिक सहयोग गरिएको पनि कार्कीले बताए । आर्थिक सहयोग संकलन अभियानमा राजकुमार कार्की र धनराज कार्की लगायतको टोली परिचालन गरिएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  २ : २२ बजे