सगरमाथा चढ्न बहराइनको राजपरिवारका सदस्यसहितको टोली नेपालमा

273 Shares

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्न बहराइनका राजपरिवारका सदस्य सेख मोहम्मद अमाद अल कोलिफासहितको १६ जनाको टोली नेपाल आई पुगेको छ । सेख मोहम्मदको आरोहण टोली बहराइन डिफेन्स फोर्सको सैन्य जहाज चढेर सोमबार नेपाल आइपुगेका हुन् ।

टोलीमा बहराइन डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनका नागरिक र ३ जना बेलायती नागरिक छन् । यो टोली सेभेन समिट टे«क्स एण्ड एक्सपीडिसनबाट सगरमाथाको आरोहण गर्ने सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाले बताए ।

यो टोलीले गोरखाको चुमनुब्री गाउँपालिकास्थित समागाउँका बासिन्दाका लागि कोरोना भाइरस विरुद्धको खोप समेत ल्याएर आएको छ । सेख मोहम्मदको टोली ७ दिन काठमाडौंस्थित होटलमा सेल्फ क्वारेन्टाइनमा बसेपछि गोरखाको चुमनुब्री गाउँपालिकास्थित समागाउँ प्रस्थान गर्ने भएका छन् ।

यो खोप सहयोगस्वरुप प्रदान गर्न लागिएको हो । टोली कम्तिमा ८० दिन नेपालमा रहने भएको छ । यसअघि यो टोलीले सन् २०२० को अक्टोवरमा लोबुचे र मनास्लु हिमाल चढेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार