जलेको रेडियोलाई चन्द्र नारायण – नन्दलक्ष्मी फाउन्डेसनद्वारा उपकरण सहयोग

413 Shares

काठमाडौ : आगलागीबाट एक करोड भन्दा बढीको क्षति व्यहोरेको सामुदायिक रेडियो सोलु एफ.एम.का लागि चन्द्र नारायण – नन्दलक्ष्मी फाउन्डेसनले उपकरण सहयोग गरेको छ । फाउन्डेसनका प्रमुख उमेश श्रेष्ठको रोहबरमा सोलु एफ.एम.का कार्यकारी निर्देशक नुतन श्रेष्ठ तथा काठमाडौ प्रतिनिधी पी.टी.लोप्चनलाई एक थान कम्प्युटर तथा २ थान डिजिटल रेकर्डर हस्तान्तरण गरिएको हो ।

‘हाम्रो सानो सहयोगले रेडियोलाई पुनःस्थापना गर्न सहयोग पुग्छ भने किन नगर्ने त भन्ने हेतुले कम्प्युटर र रेकर्डर उपलब्ध गराएका हौं ।’ चन्द्र नारायण नन्दलक्ष्मी फाउन्डेसनका प्रमुख श्रेष्ठले भन्नुभयो ‘यसको राम्रो सदुपयोग हुनेछ भन्ने अपेक्षा गरेका छौं ।’ चन्द्र नारायण नन्दलक्ष्मी फाउन्डेसन आफूहरुको दिवंगत बुबा आमाको नाममा स्थापना गरिएको पवित्र संस्था भएको र फाउन्डेसन मार्फत सामाजिक कामहरु गर्दै आएको प्रमुख श्रेष्ठले बताउनुभयो ।

सामुदायिक रेडियो सोलु एफ.एम. मा फागुन १६ गते राती आगलागी भएको थियो । आगलागी भएको २३ दिन पछि गत चैत्र ९ गते रेडियोको रिपिटर टावर पत्तालेबाट प्रसारण सुरु गरिएको थियो । देश विदेशमा रहेका सहयोगी एवं दाताहरु र योङ स्टार क्लव एवं सोलु एफ.एम. सञ्चालक समितिका पदाधिकारीहरुको अथक प्रयासबाट हाल सोलु एफ.एम. को भवनबाटै प्रसारण आरम्भ गरिएको छ । सोलु एफ.एम को पुरानै भवन तर अर्को पट्टिको कर्नरबाट सोलु एफ.एम.को प्रसारण सुरुवात गरिएको रेडियोका स्टेशन म्यानेजर भोजराज कार्कीले जानकारी दिनुभयो ।

रेडियोको पहिलेकै जस्तो पूर्वाधार निर्माणका लागि भने केही समय लाग्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार