पर्यटन र उद्योग क्षेत्रमा उत्कृष्ट काम गरे बापत टान र फ्रेट फरवार्डरस् एशोसिएसनलाई सम्मान

210 Shares

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९)का कारण व्यापार व्यवसाय खस्किदै गइरहेको बेला उद्योग, व्यापार एवं व्यवसायको विकास र प्रवद्र्धनमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) र नेपाल फ्रेट फरवार्डरस् एशोसिएसनलाई नेपाल उद्योग वाणिज्य महासंघले सम्मान गरेको छ ।

कोरोना महामारीका बीचमा पनि टान र नेपाल फ्रेट फरवार्डरस् एशोसिएसनले उद्योग, पर्यटन क्षेत्रमा खेलेको भूमिका उत्कृष्ट भएको भन्दै महासंघको ५५ औं वार्षिक साधारण सभामा सम्मान गरिएको हो । पर्यटन उद्योग, व्यापार, व्यवसाय खस्कदै गइरहेको बेला टानले विभिन्न पर्यटन व्यवसायीहरुसँग खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै उद्योग वाणिज्य महासंघले सम्मान गरेको टानका प्रथम उपाध्यक्ष चोलेन्द्र कार्कीले बताए ।

नेपाल वाणिज्य महासंघले उत्कृष्ट काम गर्ने केहि संघ संस्थाहरुलाई कामको उच्च मूल्याङकन गर्दै सम्मान गर्ने गरेको नेपाल वाणिज्य महासंघको केन्द्रीय सदस्य एवं नेपाल फ्रेट फरवार्डरस् एशोसिएसनका निवर्तमान अध्यक्ष प्रकाशसिंह कार्कीले बताए । 

सम्मान पत्र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा टानका प्रथम उपाध्यक्ष कार्कीलाई हस्तान्रण गरेका थिए । सम्मानपछि टानका प्रथम उपाध्यक्ष कार्कीले महासंघले टानले गरेका प्रत्येक कामको उच्च मूल्याङ्कन गरी सम्मान गरेकोमा धन्यवाद दिए । साथै सम्मान पत्रले पर्यटन क्षेत्रको समग्र विकासमा थप जिम्मेवारीका साथ काम गर्न समेत दायित्व बढेको कार्कीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार