१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

हत्या भन्दै चिताबाट शव नियन्त्रण !



काठमाडौं, ५ कात्तिक । श्रीमती र सालाले मिलेर हत्या गरेको छिमेकीको उजुरीका आधारमा कैलाली प्रहरीले चितामा जलाउन ठिक्क पारिएको शव नियन्त्रणमा लिएको छ ।

धनगढी उपमहानगरपालिका २ पुरानो भन्सार रोडका ४० वर्षीय नायारण उपाध्यायको शव मोहना आर्यघाटमा चितामा जलाउन ठिक्क पारेका बेला त्रिनगर सीमा प्रहरी चौकीले नियन्त्रणमा लिएको कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिएको आजको अन्नपूर्णमा समाचार छ ।

कैलाली धनगढी उपमहानगरपालिका २ पुरानो भन्सार रोडका नारायण र उनी श्रीमतीलको १२ वर्षदेखि बोलचाल बन्द थियो । भारतीय सहर गौरिफन्टाबाट सामान बोक्ने दुर्गाले बेरोजगार पतिलाई बोझ ठानिरहेको छिमेकीले बताएका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७३, शुक्रबार  २ : ४० बजे