सगरमाथा आरोहणको बाटो खुल्यो, कामीरिताले २५ औं पटक सगरमाथा चढ्दै आफ्नै रेकर्ड तोडे

सोलुखुम्बु । यो वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहणको बाटो खुलेको छ । सगरमाथा आरोहणका लागि बाटो बनाउने शेर्पाहरुको टोलीले सगरमाथा चुचुरोमा डोरी टाँगेर पुर्याएपछि आरोहणको बाटो खुलेको हो ।

सेभेन समिट ट्रेक कम्पनीका अनुसार शुक्रबार साँझ ६ बजे १० जना आरोही विशेषज्ञ शेर्पाहरुको टोली चुचुरोमा पुगेको छ ।

अब आरोहीहरुलाई चुचुरोतर्फ जाने बाटो खुलेको छ । यो टोलीमा कीर्तिमानी आरोही कामिरिता शेर्पा समेत छन् । उनी २५ औं पटक चुचुरोमा पुगेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार