सोलुुखुम्बुमा थप ३ जनामा कोरोना, संक्रमितको संख्या ५२ पुग्यो

सल्लेरी । सोलुुखुम्बुमा थप ३ जनामा कोरोना भाईरस ((कोभिड-१९) पुष्टि भएको छ ।

सोलुदुधकुण्ड नगरपालिका भित्रका २८ वर्षिय महिला, २७ र २५ वर्षिय पुरुषमा शनिबार राति गरिएको एन्टिजेन परिक्षणमा कोरोना पुष्टि भएको हो । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।

सोलुदुधकुण्ड नगरपालिकाबाट ९५ जनाको स्वाब संकलन गरिएको छ । कोरोना संक्रमितको कन्ट्रयाक ट्रेसिङमा परेका सोलु हेल्थ केयरका कर्मचारी, तामाखानी, टाक्सिन्दु रिङ्मु, बेनि लगायतका स्थानका नागरिकको स्वाब संकलन गरिएको सोलुदुधकुण्ड नगरपालिका स्वास्थ्य शाखा संयोजक चमर मगरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार