कोरोनाबाट सोलुखुम्बुमा एक युवकको मृत्यु

2.5k Shares

सल्लेरी । सोलुखुम्बुको सल्लेरीमा व्यवसाय गरि बस्ने एक युवकको कोरोनाका कारण मृत्यु भएको छ । पाँचथर घर भई सोलुखुम्बुमा तरकारी पसल र ग्यारेज सञ्चालन गरि बसेका ३८ वर्षीय युवाको मृत्यु भएको जिल्ला अस्पताल फाप्लुका डाक्टले पुष्टि गरेको छ ।

उनलाई भेण्टिलेर सहितको उपचार आवश्यक परेकाले रिफर गरिएको जिल्ला अस्पताल फाप्लुकी निमित्त प्रमुख शानी शेर्पाले जानकारी दिए । बुधबार रिफर गरिएका उनलाई थप उपचारको लागि झापा लैजादैगर्दा बाटैमा मृत्यु भएको बताइएको छ ।

जिल्ला अस्पताल फाप्लुमा उपचारका लागि गएका संक्रमित ६ दिन घरैमा औषधी सेवन गरेर बसेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार