सल्लेरी । सोलुखुम्बुमा ३७ जना कोरोना संक्रमितको आईसोलेसनमा उपचार भईरहेको छ । जिल्लामा संक्रमण पुष्टि भएका १ सय ९६ जना मध्ये शुक्रबार सम्म ३७ जनाको आईसोलेसनमा उपचार भईरहेको सम्बन्धित पालिकाका अधिकारीले जनाएको छ ।
जसमा जिल्ला अस्पताल फाप्लुको आईसोलेसनमा १२ जना र खुम्बु पासाङ ल्हामु गाउँपालिकाले निर्माण गरेको आईसोलेसनमा २२ जना र पासाङल्हामु निकोलनिकी अस्पतालको आईसोलेसनमा ३ जना रहेको गाउँपालिकाका अधिकारीले जनाएको छ ।
खुम्बुको आईसोलेसनमा रहेका २५ जना संक्रमित मध्ये ३ जनालाई अक्सिजन दिईरहेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले बताए । उनीहरुको अवस्था जटिल बन्दै गएपछि पासाङल्हामु निकोलनिकी अस्पाताल लुक्लामा अक्सिजन प्रदान गरिरहेको उनले बताए ।
खुम्बुमा संक्रमण भएका ५५ जना मध्ये २ जना विदेशीको यस अघि नै रेफर गरिएकोे छ भने २ जनाको रिपोर्ट नेगेटिभ आईसकेको स्वास्थ्य शाखाका अधिकारीले बताएका छन् ।
यस्तै जिल्ला अस्पताल फाप्लुको आईसोलेसनमा रहेका १२ जना मध्ये ४ जनालाई अक्सिजन प्रदान गर्नुपर्ने भएकाले रेफर गर्नुपर्ने अवस्था रहेको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिए ।
अस्पतालमा अक्सिजन सकिएकाले समस्या भएको उनको भनाई छ । २ जनाको यस अघि नै रेफर भईसकेको अस्पातलका डाक्टरले बताएका छन् । स्रोतः सोलु एफएम