वडा अध्यक्षसहित ४ जनामा कोरोना देखिएपछि वडा शील

966 Shares

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ९ लोखिमलाई शील गरिएको छ । वडा अध्यक्ष भुपालसिङ राई सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि वडालाई अनिश्चित कालका लागि शील गरिएको कार्यबाहक वडाअध्यक्ष उत्तरकुबीर राईले बताए ।

काबा अध्यक्ष राईका अनुसार वडाका सम्पूर्ण क्षेत्रलाई उच्च जोखिमयूक्त घोषणा गरी अत्यावश्यक काम बाहेकका सम्पूर्ण आवागमन बन्द गरिएको छ । वडा अध्यक्ष राईलाई स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागी बुधबार हेलिकोप्टर मार्फत काठमाडौँ लगिएको थियो ।

उनलाई बिहिबार कोरोना पुष्टि भएसँगै शुक्रबार देखि वडालाई शील गरिएको काबा वडा अध्यक्ष राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार