सोलुखुम्बुमा कोरोना संक्रमितको संख्या १९८ पुग्यो

सल्लेरी । सोलुखुम्बुमा शनिबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ सय ९८ पुगेको छ ।

संक्रमण पुष्टि हुनेमा खुम्बु पासाङल्हामु गाउँपालिकामा १ जना र महाकुलुङ गाउँपालिकाका २ जना रहेका छन् ।

स्वास्थ्य कार्यालय सोलुखुम्बुका कोरोना फोकल पर्सन रामकुमार विश्वकर्माका अनुसार महाकुलुङमा १० जनाको एण्टीजेन परीक्षण गर्दा एक स्वास्थ्यकर्मी सहित २ जनामा र खुम्बुमा सगरमाथा आधार शिबिरबाट फर्किएका १ जनामा संक्रमण पुष्टि भएको हो ।

खुम्बुमा संक्रमण पुष्टि भएका पुरुषलाई स्वाशप्रश्वासमा समस्या देखिएपछि सगरमाथा आधारशिविरबाट हेलिकप्टर मार्फत लुक्ला ल्याइएको छ । उनलाई पालिकाले निर्माण गरेको आइसोलेसन सेन्टरमा राखि उपचार सुरु गरिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक अर्थीमाया तामाङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार