सोलुखुम्बुमा कोरोना संक्रमितको संख्या २२५ पुग्यो

कोरोना अपडेट सोलुखुम्बु

1.2k Shares

सल्लेरी । सोलुखुम्बुमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहमा गरिएको एन्टिजेन परीक्षणमा २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका अधिकारीले बताएका छन् ।

लिखुपिकेमा ७ जना, नेचासल्यानमा ६ जना, माप्यदुधकोशीमा ६ जना, खुम्बु पासाङल्हामु र सोलुदुधकुण्ड नगरपालिकामा ३–३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका अधिकारीले बताए ।

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय २५ पुगेको छ । जिल्लामा १ संक्रमितको मृत्यु भइसकेको छ ।

यसैबीच राष्ट्रिय बाणिज्य वैंक सल्लेरीका १ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जेठ ३ गते देखि सेवा बन्द गरिने भएको छ । अन्य कर्मचारीहरुको पिसिआर गरिएको र उनीहरुको रिपोर्ट नआउञ्जेल सम्मका लागी सम्पूर्ण सेवा बन्द गरिने बैंक प्रशासनका कर्मचारीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार