खुम्बु आइसफलमा लडेर क्लाईमिङ गाईड शेर्पाको मृत्यु

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर र क्याम्प वानको क्रेभासमा लडदा एक जनाको मृत्यु भएको छ ।

फाईल फोटो ।

मंगलबार बिहान ५ बजे आधार शिविरतर्फ झर्ने क्रममा खुम्बु आइसफलमा लडेर क्लाईमिङ गाईड पेम्बाटासी शेर्पाको घटनास्थलमै मृत्यु भएको पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन् ।

बिहानको समयमा दुर्घटना भएकाले उद्धार गर्न नसक्दा घटना स्थलमानै शेर्पाको मृत्यु भएको निर्देशक आचार्यले बताए । मृतकको शवलाई तल झार्ने तयारी भईरहेको पनि आचार्यले बताइन् ।

संखुवासभा घर भएका अन्दाजी २७ वर्षीय शेर्पा ट्याग नेपाल ट्रेक्स प्रा.लि. मार्फत सगरमाथामा क्लाईमिङ गाईडमा गएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार