४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

दुई पेस्तोलसहित एक पक्राउ



भक्तपुर, ५ कात्तिक । आफूलाई राष्ट्रिय फोर्स पार्टीको नेता बताउने एकजनालाई प्रहरीले मध्यपुर ठिमी नगरपालिका–१६ लोकन्थलीस्थित सुकुम्वासी बस्तीबाट दुई थान पेस्तोल र अन्य धारिलो हतियारसहित पक्राउ गरेको छ ।

महानगरीय प्रहरीवृत्त, ठिमी र काठमाडौँ विशेष ब्यूरोसहित खटिएको संयुक्त प्रहरी टोलीले पाँचथर पन्चमी–३ घर भई सुकुम्वासी बस्तीमा बस्दै आएका ३५ वर्षीय सचिन्द्र पालुङ्वा (लिम्बू) लाई पक्राउ गरेको हो ।

pestol-photo

प्रहरीले लिम्बू बस्दै आएको कोठामा खानतलासी गर्दा निजको साथबाट कटुवा पेस्तोल दुई, चक्कु एक, खुकुरी एक, गन्धक सात थान, कम्ब्याट, पिटी जुत्ता तीन जोर, तार एक मुठा र लिम्बुवान्को झन्डा एक थानसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

पक्राउ परेका लिम्बूलाई हातहतियार, खरखजना ऐनअन्तर्गत बिहीबार मुद्दा चलाएर हिरासतमा राखी थप अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७३, शुक्रबार  ४ : ११ बजे