सल्लेरी । सोलुखुम्बुमा बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको विभिन्न स्थानीय तहमा १ सय ५६ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका अधिकारीले बताए ।

संक्रमण पुष्टि हुनेहरुमा सोलुदुधकुण्ड नगरपालिकाका २, लिखुपिके गाउँपालिकाका ३, माप्यदुधकोशी गाउँपालिकाका ८, खुम्बु पासाङ ल्हामु गाउँपालिकाका ३, महाकुलुङ गाउँपालिकाका ७ र थुलुङ दुधकोशी गाउँपालिकाका १ जना रहेका छन् ।
यसैबीच स्थानीय तहमध्ये सोलुदुधकुण्ड नगरपालिकामा १०९, माप्यदुधकोशीमा ७०, खुम्बु पासाङल्हामुमा ८६, नेचासल्यानमा २१, थुलुङ दुधकोशीमा ११, सोताङमा २९, महाकुलुङमा २९ र लिखुपिके १८ जना पुगेको स्थानीय तहका स्वास्थ्य शाखाका अधिकारीले बताएका छन् ।

योसँगै सोलुखुम्बु जिल्लामा कुल संक्रमितको संख्या ३ सय ७३ पुगेको छ ।







