सोलुखुम्बु । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ नयाँ भेरियण्ट सोलुखुम्बुमा पनि फैलिरहेको छ । सोलुखुम्बुमा शुक्रबार ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा शुक्रबार एन्टिजेन विधिको परीक्षणबाट ६२ जना र पिसिआर विधिबाट १८ जना गरी थप ८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका अधिकारीले बताए ।
सोलुदुधकुण्ड नगरपालिकामा एक नाबालक सहित ५९, थुलुङ दुधकोशी गाउँपालिकामा ४, नेचासल्यान गाउँपालिकामा १०, खुम्बु पासाङल्हामु गाउँपालिकामा ३, माप्यदुधकोशी गाउँपालिकामा २ र महाकुलुङ गाउँपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको सम्बन्धित पालिकाको स्वास्थ्य शाखाका अधिकारीले बताएका छन् ।

यो सँगै सोलुखुम्बुमा कोरोना संक्रमितको संख्या ४ सय ५३ जना पुगेको छ ।







