मौसम अनुकुल: १५० आरोहीले सगरमाथाको शिखर चुमे

सगरमाथा आरोहण

322 Shares

सोलुखुम्बु । केहि दिन मौसममा प्रतिकुलता आएपछि सगरमाथा लगायत अन्य हिमालहरु आरोहण नगर्न मौसमविदहरुले आग्रह गरेका थिए । आरोहीहरु आधार शिविरमै बसेर अनुकुल मौसमको प्रतिक्षा गरे । आइतबार मौसम अनुकुल भएसँगै एकै दिन १ सय ५० आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् ।

यो वर्षको वसन्त यामको आरोहणमा आइतबार सबैभन्दा ढबी आरोही शिखरमा पुगेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए । ताउ-ते आँधीका कारण मौसम प्रतिकुल हुँदा आधारशिविर र शिविर २ मा रहेका अधिकांश आरोही शनिबार शिखर तर्फ लगेका थिए । ताउ-ते आँधीका कारण मौसम प्रतिकुल हुँदा वैशाख २९ यता आरोहण हुन सकेको थिएन ।

सगरमाथा आधारशिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत श्रेष्ठका अनुसार शेर्पा आरोही समूहले वैशाख २४ गते शिखरसम्मको बाटो बनाएपछि यस वर्षको वसन्त यामको आरोहण सुरु भएको थियो । वैशाख २८ र २९ गते करिब १ सय ७० आरोही सगरमाथा शिखरमा पुगेपनि त्यसपछि आरोहण रोकिएको थियो ।

अब झण्डै एक हप्ता मात्रै आरोहणका लागि मौसम अनुकुल हुने भएकाले मौसम अनुकुल हुनसाथ आरोहीहरु शिखरतर्फ लागेको बताइएको छ । यो वर्ष सगरमाथा आरोहणका लागि ४ सय ८ जनाले अनुमति लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार