अन्तर्राष्ट्रिय फिल्ममा तेञ्जिङ नोर्गेको भूमिका खेल्ने कलाकारको खोजी अनुभव नचाहिने

हिमाली अनुहार आवश्यक

काठमाडौं । अस्ट्रेलियन हाइ अल्टिच्युट डाइरेक्टर जेनिफर पीडामले बनाउने शेर्पाहरूको जीवनमा आधारित अन्तर्राष्ट्रिय फिचर फिल्म “तेञ्जिङ”मा तेञ्जिङ नोर्गेको भूमिका निभाउने पात्रको खोजी सुरु भएको छ ।

आगामी वर्ष नेपाल र न्युजिल्याण्डमा छायांकन हुने यो चलचित्रका लागि तिब्बती, शेर्पा वा नेपालीमध्यबाट प्रथम सगरमाथा आरोहीमध्ये एक तेन्जिंग नोर्गेको मूल चरित्र निर्वाह गर्न योग्य कलाकारको खोजी भएको हो ।

यो फिल्मकी सहलेखक तथा निर्देशक जेनिफर पिडिमले एक अनलाईनलाई दिएको जानकारी अनुसार यो फिल्ममा तेञ्जिङको भूमिका निर्वाह गर्ने कलाकार अहिले नै अभिनयमा अनुभवी हुन आवश्यक छैन । उनले भनिन्, ‘एथलेटिक बिउल्ड’ अर्थात् तन्दुरुस्त शरीर भएको पच्चीसदेखि चालिस वर्ष भित्रको हिमाली (नेपाली, शेर्पा वा तिब्बती) अनुहार खोजिरहेका छौं, जसलाई तेन्जिंगको भूमिकामा देखाउन सकियोस् ।’

उनले छानिने कलाकारलाई आकर्षक पारिश्रमिकको व्यवस्था हुने र फिल्म आगामी वर्ष नेपाल र न्युजिल्याण्डमा छायांकन हुने पनि बताइन् । इच्छुक कलाकारले उक्त फिल्म परियोजनाको लिंक https://www.dannylongcasting.com.au/casting-calls?fbclid=IwAR2dettt8xeLty-ks3Xw4JBQ2oq2jxcHe-wwDxai-TfP2I9eoaZZWga3UMs  मा गएर आगामी दुई हप्तासम्म आवेदन दिन सकिने उनले बताइन् ।

उनले अहिलेसम्म दर्जनौंले आवेदन दिएका र दुई हप्तापछि ती आवेदनमाथि छानबिन गरेर कलाकार चयन गरिने बताइन् । यसअघि जेनिफरले २०१४मा निर्देशन गरेको ‘शेर्पा’ चलचित्र विश्व चर्चित छ । उक्त फिल्म अस्ट्रेलिया र न्युजिल्याण्डमा नेटफिलिक्समा हेर्न पाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार