२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

सोलुखुम्बुमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ५ पुग्यो

कोरोना मृत्यु अपडेट सोलुखुम्बु


१३ जेष्ठ २०७८, बिहिबार  

3.2k
Shares

सोलुखुम्बु । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड-१९)बाट सोलुखुम्बुमा थप एक जनाको मृत्यु भएको छ ।

सोलुदुधकुण्ड नगरपालिका वडा नं. ६ का एक पुरुषको कोरोनाबाट मृत्य भएको हो । कोरोना संक्रमित ७२ वर्षिय बृद्धको बिहीबार विहान मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी रामनारायण शाहले बताए ।

होम आईसोलेसनमा बस्दै आएका संक्रमित बृद्धको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

Sagarmatha

यो सँगै सोलुखुम्बुमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । सोलुखुम्बुमा दोस्रो चरणको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस नियन्त्रण थप जटिल बन्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

यो पनि पढ्नुहोस

सोलुखुम्बुमा कोरोना संक्रमितको संख्या ६१५ पुग्यो

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ११ : १९ बजे