२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

सोलुखुम्बुमा कोरोना संक्रमितको संख्या ६७३ पुग्यो

कोरोना अपडेट सोलुखुम्बु


१५ जेष्ठ २०७८, शनिबार  

763
Shares

सोलुखुम्बु । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमितको संख्या सोलुखुम्बुमा ६ सय ७३ पुगेको पुगेको छ ।

स्वास्थ्य कार्यालय सोलुखुम्बुका अधिकारीका अनुसार खुम्बु पासाङल्हामुमा १३, फाप्लु अस्पतालमा ३, माप्यदुधकोशी गाउँपालिकामा ७ जनामा संक्रमित थपिएसँगै संक्रमितको संख्या ६ सय ७३ पुगेको हो ।

संक्रमित भएका मध्ये १ सय १८ जना निको भएका छन् । अहिले सक्रिय संक्रमितको संख्या ५ सय २९ रहेको छ । संक्रमित मध्ये ५ जनाको मृत्यु भएको छ ।

Sagarmatha

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  २ : ४९ बजे