सोलुखुम्बुमा कोरोना संक्रमितको संख्या ८०५ पुग्यो

कोरोना अपडेट सोलुखुम्बु

सोलुखुम्बु । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमितको संख्या ८ सय ५ जना पुगेको छ ।

बिहिबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएकोसँगै सोलुखुम्बुमा कोरोना संक्रमितको संख्या ८ सय ५ जना पुगेको हो ।

पछिल्लो २४ घण्टा भित्र गरिएको एन्टिजेन परीक्षणमा थप ७ जना पुरुष र १० जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका अधिकारीले बताएका छन् । थपिएका संक्रमितहरुमा थुलुङ दुधकोशी गाउँपालिकामा ६, नेचासल्यान गाउँपालिकामा ६ र सोलुदुधकुण्ड नगरपालिकामा ५ जना रहेका छन् ।

जिल्लामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भैसकेको छ भने, २ सय ४६ जना निको भएर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका अधिकारीले बताए ।

यो पनि पढ्नुहोस ।

नेचासल्यान गाउँपालिकालाई १० लाखको स्वास्थ्य सामाग्री वितरण

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार