इटहरीमा टोलटोलमै पुगेर कोरोना परीक्षण

घरघरमै पुगेर नि:शुल्क एन्टिजेन परीक्षण

सुनसरी । इटहरी उपमहानगरपालिकाले नगरका टोलवस्तीमै पुगेर कोरोना परीक्षण शुरु गरेको छ ।

गाँउ वस्तीका नागरिकको सहजताका लागि टोलमै पुगेर घर घर वाट वोलाउदै निःशुल्क एन्टिजेन परीक्षण जारी राखिएको उपप्रमुख लक्ष्मी गौतमले बताए । उनका अनुसार अहिलेसम्म वडा नम्वर २, ३, ४, १२, १४ र १९ नम्वरका समुदायमै पुगेर परीक्षण गरिएको छ ।

एउटै टोलमा धेरै जना विरामी भएको जानकारी पाँउना साथ उपमहानगरको स्वास्थ्य टोली समूदायमै पुगेर परीक्षण गर्ने गरेको हो । परीक्षणसँगै पोजेटिभ रिर्पोट आएका व्यक्तिहरुलाई औषधी समेत वितरण गरिन्छ । कुनै समस्या देखा परेमा स्वास्थ्यकर्मी चिकित्सकको हटलाइन नम्वर दिएर फोन गर्न आग्रह गरिएको उपाध्यक्ष गौतमले बताए ।

समूदायमा कोरोना संक्रमण फैलन नदिन र लागिहाले होम आइसोलेसनमा वस्दा अपनाउनु पर्ने सावधानीका वारेमा पनि जानकारी दिने गरिएको छ । यसैगरि इटहरी रंगशालामा उपमहानगरले विहान ८ वजेदेखि १० वजेसम्म निःशूल्क पिसिआर परीक्षण जारी राखेको छ । दिनमा सय वढिको स्वाव संकलन गरेर परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिने गरेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्यूनतम शूल्क उपमहानगरले उपलब्ध गराएर उपमहानरवासीका लागि निःशूल्क परीक्षण गरिरहेको हो । अहिले परीक्षण गरेकै दिन पनि रिर्पोट आउने गरेको छ स्वास्थ्य शाखाकी पूजा भटटराईले भने, ‘हिजो स्वाव संकलन गरेकै दिन रिर्पोट आयो ढिलो हुदाँ पनि भोलिपल्ट त आँउछ ।’

प्रदेश ल्यावमा पनि परीक्षणको दायरा वढाउनका लागि प्रदेश सरकारसँग उपमहानगरले अनुरोध गरेको उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले बताए । इटहरी उपमहानगर स्वास्थ्य शाखाले संक्रमितहरुलाई फोन गरेर उहाँहरुको स्वास्थ्य अवस्था वुझ्ने र सल्लाह दिने गर्दै आएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतम स्वास्थ्यकर्मीको टोली सहित संक्रमितहरुको घर घरमै समेत पुग्ने गरेका छन् । इटहरी अस्पतालले विज्ञहरु राखेर संक्रमितहरुसँग जुम छलफल कार्यक्रम समेत गरेको छ ।

इटहरी उपमहानगरले कोभिड संक्रमित विरामीका लागि दुई वटा एम्वुलेन्स २४ घण्टै तैनाथ गरेको छ । इटहरी उपमहानगरले इटहरी रंगशालामा संचालन गरेको ५० वेडको अक्सिजन सहितको आइसोलेसनवाट संक्रमित नगरवासीले सेवा लिइरहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार