२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

व्यवसायी आङछिरिङले गरे त्रिविका १०० विद्यार्थीलाई राहत वितरण

अति समस्यामा परेका मजदुर र विद्यार्थीलाई अझै सहयोग गर्ने


२३ जेष्ठ २०७८, आइतबार  

378
Shares

काठमाडौं । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड-१९)लाई कम गर्न दोस्रो चरणको निषेधाज्ञाका कारण अति समस्यामा परेका विद्यार्थीहरुलाई राहत वितरण गरिएको छ ।

सफल पर्यटन व्यवसायी एवं नेपाली कांग्रेस सोलुखुम्बुका नेता आङछिरिङ शेर्पाले आइतबार त्रिभुवन विश्व विद्यालय कीर्तिपुरका अति समस्यामा परेका १०० जना विद्यार्थीहरुलाई राहत वितरण गरेका हुन् । नेपालमा पहिलो चरणको लकडाउन हुँदा विभिन्न संघसंस्था, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारले उत्साहका साथ राहत वितरण गरेका थिए । तर, पछिल्लो चरणको निषेधाज्ञामा न स्थानीय सरकारले राहत बाढ्यो ! न प्रदेश, न केन्द्रले नै ।

दोस्रो चरणको निषेधाज्ञा एक महिनाभन्दा बढि लम्बिएकाले अति समस्यामा परेका त्रिवि कीर्तीपुरका विद्यार्थीहरुलाई दैनिक उपभोग्य सामान चामल, दाल, तेल र माक्स वितरण गरिएको आङछिरिङ शेर्पाले बताए । उनले यसअघि पनि दोस्रो चरणको निषेधाज्ञा शुरु हुने वित्तिकै सुन्दरीजल, गोकर्ण लगायत उपत्यकाभित्र खोलाका किनारमा टहरामा बसिरहेका सुकुम्बासीहरुलाई राहत वितरण गर्दै आएका छन् । उनले दोस्रो चरणको निषेधाज्ञमा मात्रै एक हजारभन्दा बढि घरपरिवारलाई दैनिक उपभोग्य खाद्यान्न वितरण गरिसकेको बताए ।

Sagarmatha

‘यस्तो महामारीमा आफूले सकेको सहयोग गर्नु मानवीय धर्म हो’ शेर्पाले भने, ‘यस्तो पुण्यको काम गर्दा धेरै प्रचारप्रसार गर्नु हुँदैन भन्ने मान्यता छ । त्यसैले मैले धेरै प्रचार नगरिकन निषेधाज्ञाका कारण अति समस्यामा परेका सुकुम्बासी, मजदुर र विद्यार्थीहरुलाई राहत वितरण गरिरहेको छु ।’ शेर्पाले अझै अति समस्यामा परेका मजदुर र विद्यार्थीहरुलाई सहयोग गर्ने पनि बताएका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ११ : ३० बजे