सोलुखुम्बुमा कोरोना संक्रमितको संख्या ८६१ पुग्यो, २२३ जना निको भए

कोरोना अपडेट सोलुखुम्बु

सोलुखुम्बु । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेको संख्या हिमाली जिल्ला सोलुखुम्बुमा ८ सय ६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाको विभिन्न स्थानीय तहमा गरिएको एन्टिजेन परीक्षणमा २४ जना नयाँ संक्रमित थपिएसँगै सोलुखुम्बुमा कोरोना संक्रमितको संख्या ८ सय ६१ जना पुगेको हो । नयाँ थपिएका संक्रमितहरुमा सोलुदुधकुण्ड नगरपालिकामा १०, खुम्बु पासाङल्हामु गाउँपालिकामा ९ र थुलुङ दुधकोशी गाउँपालिकामा ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका अधिकारीले बताएका छन् ।

जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्य ६ सय ३८ छ भने निको हुनेको संख्या २ सय २३ जना पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या भने ७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार