गोराखानी र खोरियाका साढे ४ सय घरका लागि राहत र स्वास्थ्य सामग्री वितरण

सोलुखुम्बु : सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकाको वडा नं. ९ गोराखानी र वडा नं. ६ खोरियाका करिब साढे चार सय घरपरिवारलाई राहत तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ । नगर उपप्रमुख कल्पना राईको रोहबरमा हिमालयन चिल्ड्रेनस् अफ खोरिया फ्रान्सले गोराखानीका ३ सय ४३ र खोरियाका १०५ गरी ४ सय ४८ घरपरिवारलाई राहत वितरण गरिएको हो । संस्थाका नेपाल संयोजक गेलु शेर्पाका अनुसार प्रति घर परिवार ३० किलो चामल, एक लिटर सोयबिन तेल, एक किलो नुन र २० प्रति मास्क वितरण गरिएको छ ।

कोरोनाबाट प्रभावित बासिन्दालाई राहत होस् भनी खाद्यन्न वितरण गरिएको संस्थाका नेपाल संयोजक शेर्पाले बताउनुभयो । संस्थाले विगत १५ बर्षदेखि सोलुखुम्बुको विभिन्न ठाउँमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा लगानी गर्दै आएको छ ।

स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री

हिमालयन चिल्ड्रेनस् अफ खोरिया फ्रान्सले गोराखानी, टाप्टिङ र खोरियाका स्वास्थ्य चौकी तथा धुलिखेल स्वास्थ्य केन्द्रलाई भने स्वास्थ्य सामग्री वितरण गरेको छ । जनप्रतिनिधिको रोहबरमा अक्सिजन सिलिण्डर सहित विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको संयोजक शेर्पाले जानकारी दिनुभयो । यस्तै जिल्ला प्रशासन कार्याृलय र जिल्ला प्रहरी कार्यालयका लागि भने मास्क वितरण गरिएको छ ।

कहाँ कति सामग्री ?

गोराखानी स्वास्थ्य चौकीका लागि

अक्सिजन सिलिण्डर ३ थान

अक्सिजन रेगुलेटर ३ थान

अक्सिजन मास्क ८ (६ वयस्क र २ बच्चालाई लागि)

नेबुलाईजर १ सेट

पिपिई ५ सेट

स्यानिटाइजर ५ लिटर

स्यानिटाइजर जार १ थान

इन्जेक्सन अस्थालिन ४० थान

इन्जेक्सन इम्प्राभेन्ट ४० थान

भिटामिन सि १ बक्स

मास्क १ हजार थान

टाप्टिङ स्वास्थ्य चौकीका लागि वितरित सामग्री

अक्सिजन सिलिण्डर ३

अक्सिजन रेगुलेटर ३

अक्सिजन मास्क १० (८ वयस्क र २ बच्चालाई लागि)

नेबुलाईजर २ सेट

पिपिई ५ सेट

स्यानिटाइजर ५ लिटर

स्यानिटाइजर जार १

इन्जेक्सन अस्थालिन ८०

इन्जेक्सन इम्प्राभेन्ट ८०

भिटामिन सि २ बक्स

मास्क १ हजार थान

खोरिया स्वास्थ्य चौकीका लागि वितरित स्वास्थ्य सामग्री

अक्सिजन सिलिण्डर २

अक्सिजन रेगुलेटर २

अक्सिजन मास्क ४ (२ वयस्क र २ बच्चालाई लागि)

नेबुलाईजर १ सेट

पिपिई ५ सेट

स्यानिटाइजर ५ लिटर

स्यानिटाइजर जार १

इन्जेक्सन अस्थालिन ४०

इन्जेक्सन इम्प्राभेन्ट ४०

भिटामिन सि १ बक्स

मास्क १ हजार थान

धुलिखेल स्वास्थ्य चौकी दोर्पू

अक्सिजन सिलिण्डर २

अक्सिजन रेगुलेटर २

अक्सिजन मास्क २

पिपिई ५ सेट

स्यानिटाइजर ५ लिटर

स्यानिटाइजर जार १

मास्क १ हजार थान


जिल्ला प्रशासन कार्यालय १००० थान मास्क

जिल्ला प्रहरी कार्यालय १००० थान मास्क

वितरित सम्पूर्ण सामग्रीका लागि करिब १९ लाख रुपैयाँ खर्च भएको संस्थाका नेपाल संयोजक गेलु शेर्पाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार