सम्पर्क समितिले चाँडै राहत बाड्दैछः सभापति बस्नेत [भिडियोसहित]

समितिले रक्तदान कार्यक्रम पनि गर्दै

2.7k Shares

काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिले राहत बाड्ने भएको छ । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियण्ट सहितको कोरोना भाइरस (कोभिड-१९)लाई रोकथाम गर्न सरकारले निषेधाज्ञा लम्व्याई रहेकाले अति समस्यामा परेका मजदुर र विद्यार्थीहरुलाई राहत वितरण गरिने भएको हो ।

फाईल फोटो ।

सोलुखुम्बु स्थायी ठेगाना भई उपत्यकाका विभिन्न क्षेत्रमा बसोबास गर्ने सोलुखुम्बेली दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरुलाई राहत वितरण गरिने नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतले बताए । ‘वास्तविक पिडितले मात्रै राहत पाउन भनेर हामीले सोलुको एक नगरपालिका र सात गाउँपालिकामा छुट्टाछुट्टै उपसमिति गठन गरेर पिडितको नाम संकलन गरिरहेका छौं ।’ सभापति बस्नेतले भने, ‘अहिलेसम्म ६० जनाभन्दा बढिले हामीसँग सम्पर्क गरिसक्नु भएको छ र अरु वास्तविक पिडितहरुले पनि सम्पर्क गरिरहनु भएको छ ।’

‘यो दोस्रो लहरको कोरोना कहरका कारण अति समस्यामा परेकाहरुलाई हामी दुई चरणमा राहत वितरण गर्ने योजना बनाएका छौं ।’ बस्नेतले भने, ‘बीचमा म घरयासी कामले सोलुखुम्बु गएको थिए । अब चाँडै अति समस्यामा परेका काठमाडौंमा बसिरहनु भएका सोलुखुम्बेली मजदुर र विद्यार्थीहरुलाई राहत वितरण गर्नेछौं ।’

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

पहिलो चरणको कोरोना कहरका कारण अति समस्यामा परेका सोलुखुम्बु लगायत अन्य केहि जिल्लाका मजदुर र विद्यार्थीहरुलाई सम्पर्क समितिले काठमाडौंमा मात्रै १३ सय भन्दा बढि घरपरिवारलाई राहत वितरण गरेको थियो । यतिमात्र होइन सोताङ प्राथमिक स्वास्थ्य केन्द्रलाई अति आवश्यकीय स्वास्थ्य सामग्री पनि सम्पर्क समितिले प्रदान गरेको थियो ।

यसैबीच सम्पर्क समितिले रेडक्रस सोसाईटीको सहकार्यमा रक्तदान गर्ने कार्यक्रम पनि राखेको छ । दोस्रो चरणको कोरोना कहरमा कसरी कार्यक्रम गर्ने भन्ने बारेमा रेडक्रससँग छलफल भैरहेको पनि सभापति बस्नेतले बताए ।

फाईल फोटो ।
फाईल फोटो ।
फाईल फोटो ।
फाईल फोटो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार