२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

सोलुखुम्बुमा कोरोनाबाट थप १ जनाको मृत्य, मृतकको संख्या १० पुग्यो

कोरोना मृत्यु अपडेट सोलुखुम्बु


२९ जेष्ठ २०७८, शनिबार  

2.5k
Shares

सोलुुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना भाइरस (कोभिड-१९)बाट थप एक जनाको मृत्यु भएको छ ।

विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड-१९)बाट सोलुखुम्बुमा मृत्यु हुनेको संख्या १० पुगेको छ । शुक्रबार साँझ खुम्बु पासाङल्हामू गाउँपालिका ३ मञ्जोकी ४६ वर्षिया कोरोना संक्रमित महिलाको मृत्यु भएपछि जिल्लामा मृतकको संख्या १० पुगेको हो ।

स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङका अनुसार होम आईसोलेसनमा बसेकी ती महिलाको अक्सिजन लेवल कम भएपछि थप उपचारका लागि नेपाली सेनाको सहयोगमा लुक्ला स्थित अस्पतालमा ल्याइएको थियो । अस्पताल लैजादै गर्दा संक्रमित महिलाको बाटैमा मृत्यु भएको थियो ।

Sagarmatha

मृतक महिलाको जेठ २३ गते गरिएको एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको थियो । खुम्बु पासाङल्हामु गाउँपालिकामा मात्रै कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भैसकेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ५ : ३२ बजे