सम्पर्क समितिद्धारा माप्य दुधकोशीका ८८ घरपरिवारलाई राहत वितरण [भिडियोसहित]

अति समस्यामा परेका मजदुर र विद्यार्थीलाई

काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिद्धारा सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाका ८८ घरपरिवारलाई राहत वितरण गरिएको छ ।

माप्य दुधकोशी गाउँपालिका सोलुखुम्बुबाट काठमाडौं आई अस्थायी रुपमा बसोबास गरिरहेका तर अति समस्यामा परेका दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरुलाई दैनिक उपभोग्य वस्तु राहत स्वरुप वितरण गरिएको हो । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड-१९)का कारण निषेधाज्ञामा दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरुलाई राहत स्वरुप चामल, दाल, खानेतेल र नुन वितरण गरिएको सम्पर्क समिति उपसभापति एवं माप्य दुधकोशी गाउँपालिका राहत वितरण संयोजक चन्द्र खालिङले बताए ।

माप्य दुधकोशी गाउँपालिका स्थायी ठेगाना भएका तर, काठमाडौं उपत्यकामा आई अस्थायी रुपमा बसोबास गरिरहेका दैनिक ज्यालादारी मजदुर र विद्यार्थी गरी अझै २ सय ५० भन्दा बढि निषेधाज्ञाका कारण समस्यामा परेको पनि संयोजक खालिङले बताए । समस्यामा परेका मजदुर र विद्यार्थीहरुलाई अझै राहत वितरण गरिने पनि खालिङले बताए ।

सम्पर्क समितिले राहत वितरणको मोडालिटी परिवर्तन गरि अति समस्यामा परेका मजदुर र विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेर राहत वितरण गरिरहेको सभापति गोकर्ण बस्नेतले बताए । ‘हामीले यो दोस्रो लहरको कोरोना निषेधाज्ञाका कारण अति समस्यामा परेका दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरुलाई एक स्थानीय तह, एक संयोजक चयन गरेर राहत वितरण गरिरहेका छौं ।’ सभापति बस्नेतले भने, ‘यसरी राहत वितरण गर्दा वास्तविक पिडितले पाउने त भैहाल्यो । अर्को कुरा हामीले सम्पर्कमा आएका पिडितको वास्तविक पहिचान गरी उहाँहरु बसोबास गरेकै स्थानमा लगेर राहत वितरण गरिरहेका छौं ।’

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

सम्पर्क समितिले सोलुखुम्बुको एक नगरपालिका र ७ गाउँपालिकाका २ सय घरपरिवारलाई पहिलो चरणको राहत वितरण गरिने निर्णय गरेको थियो । निषेधाज्ञाको समय अवधि हेरी दैनिक ज्यालादारी मजदुरी गर्ने र विभिन्न क्याम्पस, विश्व विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि पुनः दोस्रो चरणको राहत वितरण गरिने पनि सभापति बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार