सम्पर्क समितिद्धारा थुलुङ दुधकोशीका ४७ घरपरिवारलाई राहत वितरण

अति समस्यामा परेका मजदुर र विद्यार्थीलाई अझै राहत दिने

980 Shares

काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिद्धारा सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका ४७ घरपरिवारलाई राहत वितरण गरिएको छ ।

थुलुङ दुधकोशी गाउँपालिकाबाट काठमाडौं आई अस्थायी रुपमा बसोबास गरिरहेका तर अति समस्यामा परेका दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरुलाई दैनिक उपभोग्य वस्तु राहत स्वरुप वितरण गरिएको हो । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड-१९)का कारण निषेधाज्ञामा अति समस्यामा परेका दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरुलाई राहत स्वरुप चामल, दाल, नुन, खानेतेल र थुक्पा वितरण गरिएको सम्पर्क समिति प्रदेश ‘क’ सचिव एवं थुलुङ दुधकोशी गाउँपालिका राहत वितरण संयोजक सौरभ बरुवालले बताए ।

‘काठमाडौंमा अस्थायी रुपमा बसोबास गरिरहनु भएका थुलुङ दुधकोशी गाउँपालिकाको दैनिक ज्यालादारी मजदुर भन्दा विद्यार्थीहरु अलि बढि नै रहेछन् ।’ संयोजक बरुवालले भने, ‘सम्पर्क समितिद्धारा हामीलाई प्राप्त भएको कोटा २४ जनालाई हो । तर, हामीले ४७ जनाभन्दा बढिलाई राहत वितरण गर्यौं ।

अझै केहि छुटफुट अति समस्यामा परेका दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरु सम्पर्कमा आइरहेको पनि संयोजक बरुवालले बताए । ‘सफल पर्यटन व्यवसायी एवं नेपाली कांग्रेस सोलुखुम्बुका नेता आङछिरिङ शेर्पाले २५ घरपरिवारभन्दा बढिलाई हाम्रो अनुरोधमा राहत वितरण गर्नु भयो । त्यसैले हामीलाई सम्पर्क समितिले दिएको कोटाभन्दा बढिलाई राहत वितरण गर्न सफल भयौं ।’ संयोजक बरुवालले भने, ‘अझै हाम्रो सम्पर्कमा आएका अति समस्यामा परेकाहरुलाई हामी राहत वितरण गर्नेछौं ।’

राहत वितरण कपन, ठमेल, नयाँबजार, डल्लु, चाबहिल र बौद्ध क्षेत्रमा अस्थायी रुपमा बसोबास गरिरहेका थुलुङ दुधकोशी गाउँपालिकाका श्रमिक र विद्यार्थीलाई वितरण गरिएको थियो । राहत वितरण कार्यक्रममा महासमिति सदस्य एवं नेपाली कांग्रेस सोलुखुम्बुका संगठन विभाग प्रमुख खिलराज बस्नेत, सम्पर्क समितिका सभापति गोकर्ण बस्नेत, उपसभापति चन्द्र खालिङ, नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय सदस्य वेदप्रसाद वन, सम्पर्क समिति सचिव टार्जन कुलुङ, सह-सचिव नलकुलुङ र नेता मिलन थुलुङ लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार