सोलुखुम्बुमा कोरोना संक्रमितको संख्या १२३८ पुग्यो

कोरोना अपडेट सोलुखुम्बु

सोलुखुम्बु । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड-१९)बाट हिमाली जिल्ला सोलुखुम्बुमा १ हजार २ सय ३८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न स्थानीय तहमा एण्टिजेनद्धारा कोरोना परीक्षण गर्दा थप १५ जनामा संक्रमण पुष्टि भएपछि जिल्लामा संक्रमितको संख्या १ हजार २ सय ३८ जना पुगेको हो । ४७ जनाको एण्टिजेन परीक्षण गर्दा थप १५ जनाको रिपोर्ट पोजेटिभ आएको सम्बन्धित पालिकाको स्वास्थ्य शाखा संयोजकले बताएका छन् ।

संक्रमण पुष्टि हुनेमा सोलु दुधकुण्ड नगरपालिकाका २, नेचासल्यान गाउँपालिकामा १२ र थुलुङ दुधकोशी गाउँपालिकाका १ जना कोरोना संक्रमित पुष्टि भएको बताइएको छ ।
जिल्लामा संक्रमितमध्ये ६ सय ९३ जनाले कोरोना जितिसकेका छन्, भने १० जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार