नेचासल्यान गाउँपालिकाको बजेट ४७ करोड १८ लाख

चालूतर्फ २६ करोड र पूजीगत २० करोड

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको दक्षिणपश्चिम क्षेत्रमा अवस्थित नेचासल्यान गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८-७९ का लागि ४७ करोड १८ लाख ४० हजारको बजेट ल्याएको छ ।

बिहीबार बसेको गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी देवी शर्माले प्रस्तुत गर्नुभएको बजेटमा २६ करोड ८२ लाख ७१ हजार चालु र २० करोड ७५ लाख ६९ हजार पूँजीगत बजेट रहेको छ ।

सभामा गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोलाले प्रस्तुत गरेको निति तथा कार्यक्रम बहुमत सदस्यबाट पारित गरिएको छ ।

बजेट विस्तृतमा तल हेर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार