२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

नेता किरातीको समन्वयमा स्वास्थ्य मन्त्रालयद्धारा नेचासल्यानलाई स्वास्थ्य सामाग्री उपलब्ध


१६ असार २०७८, बुधबार  

231
Shares

काठमाडौं । नेकपा एमाले सोलुखुम्बुका नेता महेश किरातीको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाईरस (कोभिड-१९) संक्रमणको रोकथाम तथा नियन्त्रणमा प्रयोग हुने विभिन्न स्वास्थ्य सामाग्री नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटीका अध्यक्ष जगन्नाथ बास्तोलामार्फत गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । मन्त्रालयद्धारा वितरित स्वास्थ्य सामाग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा अध्यक्ष बास्तोलालाई हस्तान्तरण गरिएको थियो ।

बास्तोलाका अनुसार स्वास्थ्य मन्त्रालयबाट उपलब्ध गराइएका स्वास्थ्य सामाग्रीमा गाउन सेट २ सय, एन नाइन्टी फाइभ मास्क २ सय थान, स्यानिटाइजर २५ लिटर छन् ।

Sagarmatha

त्यसैगरी नर्मल मास्क २ हजार ५ सय थान, फेस सिल्ड १ सय थान, ग्लब्स १ सय ५० थान, अक्सिजन सिलिन्डर ३ थान ९४० लिटर क्षमताको, अक्सिजन कन्सन्ट्रेटर १ थान ९१० लिटर क्षमताको, थर्मल गन १ थान, पल्स अक्सिमिटर २ थान, एन्टिजेन परीक्षण किट ५० थान, डिजिटल थर्मोमिटर पाँच थान प्राप्त भएको अध्यक्ष बास्तोलाले बताए ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ८ : ५१ बजे