क्यान्भास जस्तै देखिने तर रियल विश्वका सुन्दर १० तस्वीरहरु [फोटोफिचर]

497 Shares

एजेन्सी । विश्वमा धेरै ठाउँहरु यत्ति सुन्दर छन् की पत्याउनै मुश्किल पर्दछ । कतिपय ठाउँहरु त झन फोटोमा मात्रै हेर्दा पनि यत्ति आश्चर्य चकित बनाईदिन्छ की, हेर्ने बित्तिकै एकैछिन त सबैले श्वास रोकेर हेरेको हेर्यै गर्दछन् ।

विश्वका केहि ठाउँहरुको तस्वीर हेर्दा चित्रकारले क्यान्भासमा उतारेको चित्रकला जस्तै लाग्ने गर्दछ । तर यी सुन्दर तस्वीरहरु कुनै चित्रकारको सिर्जनशीलताले क्यानभासमा उतारेको चित्रहरु हैनन् । यी सुन्दर तस्वीरहरु त विश्वको सबैभन्दा सुन्दर र आश्चर्य जनक रियल तस्वीरहरु हुन् ।

विश्वका यी सुन्दर ठाउँहरुको फोटोग्राफरले अपत्यारिलो तरिकाले तस्वीर खिचेका छन् । फोटोग्राफरको तस्वीर चिख्ने क्रियसनका कारण कतिपय ठाउँहरु विश्व चर्चित भएका छन् । तस्वीरकै कारण विश्व चर्चित भएका केहि तस्वीरहरु हामी तपाई माझ प्रस्तुत गर्दै छौं ।

विश्व चर्चित यी ठाउँहरुको तस्वीर अहिले विभिन्न सामाजिक सञ्जालमा भाइरल भएका छन् । पछिल्लो समय विश्व व्यापी दिनप्रतिदिन बढ्दै गएको सामाजिक सञ्जालको प्रयोगकर्ताका कारण पनि विश्वको कुना कुनामा रहेका सुन्दर ठाउँहरु विश्व चर्चित बनिरहेका छन् ।

विश्वमा सायदै होला अहिले ईन्टरनेटको पहुँच नपुगेको ठाउँ । विश्वका सबै देशमा ईन्टरनेटको पहुँच पुगेको छ । झनै सुन्दर पर्यटकीय स्थलहरुमा त ईन्टरनेटको पहुँच नपुग्ने कुरै भएन । त्यसैले पनि यी र यस्ता ओझेलमा परेका कतिपय पर्यटकीय स्थलहरु विस्तारै विश्व व्यापी चर्चामा आइरहेका छन् ।

पहिले एक ठाउँको खबर अर्को ठाउँमा पुर्याउन धेरै समय लाग्थ्यो । तर अहिले विश्वको जुनसुकै कुनामा रहेका मानिसलाई पनि छिनभरमै सम्पर्क गरी सबैकुरा थाहा पाउन सकिन्छ । त्यसैले तपाई पनि आफ्नो ठाउँको यी र यस्तै सुन्दर तस्वीरहरु सामाजिक सञ्जालमा अपलोड गरी स्थानीय पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्न सक्नु हुनेछ ।

सुन्दर ठाउँ, वस्तु, मानिसलगायत सबै कुराहरु सबैलाई मन पर्छ । आफूलाई सुन्दर देखाउनका लागि मानिसहरुले धेरै कडा मेहनत गरेका हुन्छन् । तर सबै मानिसहरु सुन्दर देखिदैनन् ।

पछिल्लो समय शारीरिक सुन्दरता मात्रै होइन भित्री सुन्दरता पनि हेरिनु पर्छ भन्ने जमात ठूलै छ । तर हाम्रो समाज अझै बाहिरी सुन्दरताको पछि लागिरहेको छ । त्यसैले तपाई हामी बाहिरी सुन्दरता मात्रै होईन भित्रि सुन्दरता पनि हेर्न सक्नु पर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार