व्यवसायी एवं कांग्रेस नेता शेर्पाले दिए १०७ परिवारलाई राहत

काठमाण्डौँ । पर्यटन व्यवसायी एवं नेपाली कांग्रेस वन, वातावरण तथा विपद व्यवस्थापन विभागका केन्द्रीय सदस्य, युवा नेता कर्मा शेर्पाले १ सय ७ घरपरिवारलाई राहत वितरण गरेका छन् ।

सोलुखुम्बु स्थायी ठेगाना भई अस्थायी रुपमा काठमाडौंमा बस्दै आएका माप्य दुधकोशी गाउँपालिकाका अति समस्यामा परेका दैनिक श्रमजीवी मजदुर र विद्यार्थीहरुलाई राहत वितरण गरिएको हो । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाईरस (कोभिड-१९)बाट बच्न निरन्तर लामो समयदेखि लकडाउन र निषेधाज्ञाका कारण समस्यामा परेकाहरुलाई राहत वितरण गरिएको पर्यटन व्यवसायी एवं युवा नेता कर्मा शेर्पाले बताए ।

‘दैनिक रुपमा श्रम बेचेर परिवार पाल्ने श्रमिक र विद्यार्थीहरुलाई बिहान बेलुकीको छाक टार्न समस्या भएकाले उनीहरुको दुःखमा थोरै भएपनि साथ दिन खोजेको हो ।’ नेता शेर्पाले भने, ‘हाम्रो जिल्लाबासी केहि श्रमिक र विद्यार्थीहरुलाई निषेधाज्ञाका कारण अति समस्या भएको नेता साथीहरुले खबर सुनाएपछि मैले व्यत्तिगत रुपमा उहाँहरुलाई राहत वितरण गरेको हो ।’

शेर्पा कांग्रेस सोलुखुम्बुको प्रदेश ‘ख’ संयोजक तथा दी स्मल वल्र्ड (टिएसडब्लु)का अध्यक्ष समेत हुन् । राहत स्वरुप शेर्पाले प्रति परिवार २५ केजीको एक बोरा चामल वितरण गरेका छन् ।

राहत वितरण कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं सोलुखुम्बुका पूर्व पार्टी सभापति आङगेलु शेर्पा, नेता कृष्णप्रसाद निरौला, कर्मा शेर्पा, सूर्य कुलुङ, रोशन थुलुङ, सरला नाछिरिङ, नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका उपसभापति चन्द्र खालिङ राई, बाबुराम आचार्य, साँगा राईलगायतको उपस्थिति रहेको थियो ।
नेता शेर्पाले एक महिनादेखि विभिन्न सामाजिक संस्थाहरुसँग मिलेर उपत्यका भित्रका विभिन्न स्थानमा खाना खुवाउदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार