८५ प्रतिशत भू भाग तालिवानको कब्जामा अफगानिस्तान

287 Shares

काठमाडौं : तालिवान लडाकुहरु अमेरिकी सेना फर्किएसँगै तालिवानले अफगािस्तानको विभिन्न भू भाग कब्जा गर्ने क्रम तीब्र गतिमा अगाडि बढाएको बिबिसीले जनाएको छ । सशस्त्र विद«ोही तालिवानलाई उद्धढृत गर्दै बिबिसीले पचासी प्रतिशत भू भाग गरेको समाचार प्रसारण गरेको छ ।

पछिल्लो इरान र अफगानिीतान सीमाना स्थित अफगान सैनिक क्याम्पमाथि आक्रमण गरि तालिवानले बक्जामा लिएको समाचार बाहिर आएको र सो क्षेत्रका भन्सार कर्मचारी र केही सैनिक भागेर इरानमा शरण लिन पुगेका छन् । अमेरिकी सेना फिर्तासँगै तालिवान र उप्रति नरम नीति लिने कट्टरपन्थी समूहहरुले अफगानिस्तानमा आफ्ना गतिविधि बढाएका छन् । यससँगै त्यहाँ राजनीतिक अस्थिरता बढ्ने र सुरक्षा अवस्था थप बिग्रिने चिन्ता विश्वले गरेका छन् ।

अफगानिस्तान अशान्त हुँदा यसले पार्न सक्ने क्षेत्रीय प्रभावबारे बहस सुरु भएको छ । दुई छिमेकी मुलुक भारत र चीनले अमेरिकी सेना फिर्तीपछिको शून्यताको अवस्थालाई कसरी सामना गर्ने भन्ने सम्बन्धमा तयारी थालेका छन् ।

चीनले आफ्ना केही नागरिक फिर्ता बोलाएको छ भने भारतले आफ्ना नागरिकलाई सुरक्षित रहन र सम्पूर्ण विवरण दूतावासलाई जानकारी गराउन भनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार