कार्यकारी अधिकृत विनोद भट्टराईलाई स्वनिकअससको चेतावनी

सोलुखुम्बु । खुम्बुपासाङ ल्हामु गाउँपालिकाका कार्यकारी अधिकृत विनोद भट्टराईलाई स्वतन्त्र निजामती कर्मचारी अभियान तथा संघर्ष समिति काठमाडौंले चेतावनी दिएको छ ।

कार्यपालिकामा कार्यरत लेखापाल विवेक आचार्यलाई लेखा सम्बन्धी स्पष्ट जिम्मेवारी नदिई साविक जिल्ला विकास समितिबाट खटिई आएका लेखापाललाई लेखा सम्बन्धी जिम्मेवारी दिई ठूलो रकमको बेरुजु आएपछि आफू जोगिन अधिकृत भट्टराईले कनिष्ट तथा भूमिका विहिन कर्मचारीलाई दोष थोपरेपछि स्वनिकअससले चेतावनी दिँदै विज्ञप्ती जारी गरेको हो ।

गाउँपालिकाको अध्यक्ष समेत नभएको अवस्थामा प्रमुख प्रशासकीय अधिकृत भट्टराईले मनोमानी रुपमा गाउँपालिकाको प्रशासन चलाउँदै आएकोमा आन्तरिक र अन्तिम लेखा परीक्षणको क्रममा आर्थिक वर्ष २०७६/०७७ को कार्यपालिकाको आर्थिक कारोबारमा ठूलो रकमको बेरुजु आएपछि भूमिका विहिन कनिष्ठ कर्मचारीलाई दोष लगाएर आफू पन्छिन खोजेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

लेखापाल आचार्यसँग निजामती सेवा ऐन, २०४९ को दफा ६१ ख, घ र च अनुसारको कसुर गरेको भनि निजामती सेवा ऐन, २०४९ को दफा ६६ बमोजिम लिखित स्पष्टिकरण पेश गर्नु भनि स्पष्टिकरण माग गरेकोप्रति संघर्ष समितिको केन्द्रीय संयोजक पशुपति पोखरेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा ध्यानाकर्षण गरिएको छ ।

कनिष्ठ कर्मचारीमाथि हुकुमी व्यवहार गर्ने अधिकृतलाई कारबाही र पिडितलाई न्याय दिन माग गर्दै समितिले देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

गाउँपालिकाको बील, भरपाई र भौचर व्यवस्थापन भद्रगोल

गाउँपालिका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले गाउँपालिकाको बील, भरपाई, भौचर लगायत आर्थिक कारोबारको प्रमाणहरु चुस्तदुरुस्त नभएको स्वीकारेका छन् । प्रवक्ता शेर्पाले एक विज्ञप्ती जारी गर्दै कार्यपालिकाले गरेका आर्थिक गतिविधीको बील, भरपाई र भौचरहरु अव्यवस्थित रहेको विज्ञप्ती मार्फत स्वीकार गरेका हुन् ।

उनले पनि जनप्रतिनिधीसँग गुनासो नराखी एकैचोटी कर्मचारी संगठनमा गुनासो गरेकोप्रति आश्चर्य मानेका छन् । साथै स्वतन्त्र कर्मचारीले जारी गरेको विज्ञप्तीप्रति खण्डन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार