कोरोना पिडित दम्पतीलाई आछिरिङको समन्वयमा २ लाख ८५ हजार सहयोग

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)बाट पिडित आङङिमा शेर्पा र उनकी श्रीमती कान्छी शेर्पालाई सफल पर्यटन व्यवसायी एवं नेपाली कांग्रेस आदिवासी जनजाती विभागका केन्द्रीय सदस्य आङछिरिङ शेर्पाको समन्वयमा २ लाख ८५ हजार रुपीयाँ आर्थिक सहयोग गरेका छन् । व्यवसायी शेर्पाले मात्रै १ लाख रुपीयाँ आर्थिक सहयोग गरेका हुन् ।

एक हप्ताको अन्तरमा सोलुखुम्बु खुम्बुपासाङ ल्हामु गाउँपालिका वडा नं. ४ बाट हेलिकोप्टरमा आङङिमा र उनकी श्रीमतीलाई हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने भएकाले शेर्पा दम्पतीलाई आर्थिक सहयोग गरिएको हो । शेर्पा दम्पतीलाई कोरोना देखिएपछि खुम्बुस्थित वडा पालिकाले निर्माण गरेको आइसोलेसनमा राखिएको थियो । तर, उनीहरुको स्वास्थ्यमा थप समस्या देखिएकाले हेलिकोप्टर चाटर गरी थप उपचारका लागि काठमाडौं ल्याईएको छ ।

त्यसैगरी शेर्पा दम्पतीलाई अन्य केहि व्यत्तिहरुले पनि आर्थिक सहयोग गरेका छन् । प्रकाशसिंह कार्की (नेता, नेपाली कांग्रेस) २५ हजार, आङछिरिङ शेर्पा (छेप्लुङ) २० हजार, ल्हाक्पानुरु शेर्पा (टोकटोक) २० हजार, चुङ्बा शेर्पा (लुक्ला) १५ हजार, छिरिङ ङिमा (लुक्ला) १५ हजार, मिङ्गमादोर्जी शेर्पा (ठमो) १५ हजार, फुनुरु शेर्पा (पैयाँ) १० हजार, छिरिङसोना शेर्पा (खुम्जुङ) १० हजार, डोल्मा तामाङ १० हजार, दावाफिञ्जो शेर्पा (कालापत्थर, नाम्चे) १० हजार, फुनुरु शेर्पा (चौंरीखर्क) १० हजार, मिङ्माछिरिङ शेर्पा (खुम्जुङ गोन्पा क्योङ्गीर) १० हजार, सोनामटासी शेर्पा (ड्रिम एभरेष्ट लज खुम्जुङ) ५ हजार, खुम्जुङ साइबरबाट ५ हजार र पेम्बाछिरिङ शेर्पा (एसियन ट्रेक, खुम्जुङ) ५ हजार गरी जम्मा २ लाख ८५ हजार रुपीयाँ आर्थिक सहयोग गरिएको दिपेश कुलुङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार