१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

सहर ध्वस्त हुनबाट बचाउन अफगानी सेनाले आत्मसमर्पण गरुन्


३० असार २०७८, बुधबार  

7
Shares

काठमाडौं । तालिबानका एक वरिष्ठ नेताले आफूहरुले अफगानिस्तानी सैनिकसँग युद्ध गर्न नचाहेको तर उनीहरुले आत्मसमर्पण गरेको हेर्न चाहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले आफ्नो रिपोर्टमा यस्तो उल्लेख गरेको छ । समाचारमा उल्लेख गरिएअनुसार तालिबानले टर्कीलाई पनि अफगानिस्तानमा आफ्नो सैनिक संख्या नबढाउन चेतावनी दिएको छ ।

तालिबानले अफगानिस्तानको अधिकांश क्षेत्रलाई आफ्नो कब्जामा लिएको छ । विदेशी सैनिक फिर्ता जान थालेसँगै तालिबानको नियन्त्रण अफगानिस्तानमा तीव्र गतिमा बढेको छ । केही सहर मात्र अफगानी सेनाको नियन्त्रणमा बाँकी रहेको छ । अब यी क्षेत्रमा आवश्यक सामग्रीहरु केवल हवाईजहाजबाट पठाउनुपर्ने अवस्था आएको छ ।

तालिबानका प्रवक्ता आमिर खान मुत्ताकीले भनेका छन् ‘अब युद्ध पहाडी र विकट क्षेत्रबाट सहरी क्षेत्रसम्म आइपुगेको छ । यद्यपि मुजाहिद्दिन ९तालिबानका लडाकु० सहरभित्र युद्ध गर्न चाहँदैनन् । त्यसैले राम्रो यो हुन्छ कि वार्ताको कुनै माध्यम बनाइयोस् ताकि सहरलाई नोक्सानीबाट बचाउन सकियोस् ।’

तालिबानले सन् १९९० को दशकमा पनि पहिलोपटक सत्तामा आउँदा पनि सहरलाई चारैतिरबाट घरेर केही वरिष्ठ अधिकारीसँग मध्यस्थता गर्ने नीति अपनाएको थियो ।

मुत्ताकीको अभिव्यक्तिसँगै काबुल प्रहरीका प्रवक्ता फिरदौस फारामुर्जले काबुल सहरको बीचमा एक विष्फोट गराइएको र यसमा चार अफगानी नागरिकको मृत्यु भएको बताएका छन् ।

एएफपीका अनुसार पछिल्लो केही समययता अफगानिस्तानमा तालिबान र अफगानी सेनाबीच निकै ठूलो युद्ध भएको छ । मंगलबार अर्को एक विज्ञप्ति सार्वजनिक गर्दै तालिबानले काबुल एयरपोर्टलाई सुरक्षा दिन आफ्नो सेनाको उपस्थिति बढाउने विषयमा विचार गर्न टर्कीलाई पनि चेतावनी दिएको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ८ : ५२ बजे