कोरोनाबाट प्रभावित सोलुका चार पत्रकार लेखनवृत्तिबाट पुरस्कृत

448 Shares

सोलुखुम्बु । कोरोनाबाट प्रभावित सोलुखुम्बुका चार जना पत्रकारलाई लेखनवृत्तिबाट पुरस्कृत गरिएको छ । नेपाल सरकार प्रदेश नं. १ को सहयोग तथा नेपाल पत्रकार महासंघ प्रदेश कमिटीको संयोजनमा नेपाल पत्रकार महासंघ सोलुखुम्बुले सामुदायिक रेडियो सोलु एफ।एममा कार्यरत अन्जु कार्की र रमन वन, गोरखापत्र दैनिकका जिल्ला संवाददाता सन्तोष राउत र रेडियो चोमोलुङ्मामा कार्यरत बिदुर बस्नेतलाई लेखनवृत्तिबाट पुरस्कृत गरिएको हो ।

पुरस्कृत पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष नुतन श्रेष्ठको उपस्थितिमा महासंघका सल्लाहकार संयोजक एवं पूर्व अध्यक्ष मनोज कुमार श्रेष्ठले जनही १० हजार रुपैयाँ प्रदान गर्नुभयो ।

पुरस्कृत चारै जना यस अघि संक्रमण भई कोरोनामुक्त भईसकेका पत्रकार हुन् । कार्यक्षेत्रमा खटिएकै बेला कोरोना संक्रमण भएका पत्रकारहरुको लेखन कार्यमा थप मद्दत पुगोस भन्ने हेतुले प्रदेश कमिटीको संयोजनमा लेखनवृत्ति प्रदान गरिएको नेपाल पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष नुतन श्रेष्ठले बताउनुभयो । उहाँले पुरस्कृत पत्रकारहरुलाई अझ सशक्त ढंगबाट खोजमूलक पत्रकारिता गर्नका लागि समेत आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघ सोलुखुम्बुका सल्लाहकार समितिका संयोजक मनोज कुमार श्रेष्ठले लेखनवृत्तिबाट मात्रै नभई अझ ठूलो राशीको पुरस्कारबाट पुरस्कृत गर्न पाऊँ भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार