सुन्दर चराहरु, बाँच्नका लागि यसरी संघर्ष गरिरहेका छन् [फोटोफिचर]

189 Shares

एजेन्सी । विश्वभर अनेका किसिमका जीवजन्तु र प्राणीहरु छन् । उनीहरु बाँच्नका लागि हरेक पल, हरेक क्षण संघर्ष गरिरहेका हुन्छन् ।

उनीहरुलाई अन्य जीवजन्तुदेखि त्यत्तिकै जोखिम छ । अनि शिकारीहरुसँग पनि त्यत्तिकै असुरक्षा छ । तैपनी उनीहरु हरेक पल, हरेक क्षणको जोखिमबीचमै पनि आफ्नो दैनिकी उत्तिकै उत्साहका साथ निरन्तरता दिइरहेका छन् ।

विश्वको सबैभन्दा सर्वश्रेष्ठ प्राणीको रुपमा हामी मानिसलाई लिईन्छ । हामीलाई कसैबाट असुरक्षा र जोखिम छैन । तरपनि हामि विभिन्न बाँच्ने बाहानामा दुःखी हुन्छौं । जसले हामीलाई डिप्रेशनको शिकार बनाईरहेको छ ।

हामीलाई कसैले केहि गर्न सक्दैनन् । प्राकृतिक प्रकोप र कुनै दीर्घरोग नलागेमा हामी कुनै वस्तुबाट डराउनु पर्दैन । तर, हामी आफै अल्छि भएर सुन्दर जीवनलाई पनि नरक जस्तै बनाईरहेका छौं ।

हेर्दा यी चराहरु जति सुन्दर छन् । उनीहरुलाई त्यत्तिनै खतरा र जोखिम पनि छ । कुन बेला के हुने हो । केहिगरी अनुमान लगाउन सक्दैनन् । कुनै बेला उड्दा उड्दै शिकारीको निशानामा पर्ने त्यत्तिकै जोखिम छ । भने, अन्य नरभक्षी चीलको पञ्जामा पर्ने जोखिम पनि उत्तिकै छ । रपनि उनीहरु स्वतन्त्र र कर्मशील भएर आफ्नो कर्म गरिरहेका छन् ।

हामीले थोरै मात्र उनीहरुको दैनिकी नियाल्ने हो भने पनि धेरै शिक्षा पाउन सकिन्छ । बारम्बार मृत्युको मुखमा पुगेर बाँचेका यी सुन्दर चराहरुको कारुणिक दैनिकीले तपाई हामीलाई जीवनमा धेरै काम गर्न सक्ने उर्जा दिन्छ । त्यसैले तपाई जे गरिरहनु भएको छ । आफ्नो काम निरन्तर रुपमा गरिरहनुस । एकदिन अवश्य सफलताको शिखरमा पुग्नु हुनेछ ।

यहाँ मौरीको पौरख र कर्मलाई जोड्न मन लाग्यो । कर्मी मौरीलाई न झरीले छेक्छ । न शिशिरको कठ्याङ्ग्रीने जाडोले । न पारीलो घाममा लागेको गर्मीले । कर्मी मौरी निरन्तर आफ्नो कर्ममा लागिरहन्छन् । उसको ज्यान जाओस तर आफ्नो काम छोड्दैन ।

सजिलो कुनै क्षेत्र वा पेशामा छैन । फेरी समस्या र कष्ट भएन भने त्यसको महत्व पनि हुँदैन भनिन्छ । कठिन समयमा पनि आफ्नो काम निरन्तर गरिरहने एक दिन अवश्य सफलताको शिखर पुग्छ । यो कटु सत्य हो । त्यसैले तपाई हामी पनि आफ्नो काममा निरन्तर कर्म गरौं । सफलताले हामीलाई पर्खिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार