क्रोएसियाकी पूर्व राष्ट्रपति कोलिन्दा नयाँ क्षेत्रमा उदाउँदै [फोटोफिचर]

एजेन्सी । सन् २०१८ को विश्वकप फुटबल प्रतियोगीतामा चर्चाको शिखरमा रहेकी क्रोएसियाली पूर्व राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिक नयाँ भूमिकामा उदाएकी छिन् ।

सन २०२१ मार्च ४ मा राजनैतिक आवरणभन्दा बाहिर रहेर कोलिन्दा नयाँ भूमिकाका साथ फेरि उदाएकी हुन् । पूर्व राष्ट्रपति कोलिन्दा क्रोएशियाका सबैभन्दा पुरानो व्यवसायिक विद्यालय जाग्रेब स्कूल अफ इकोनोमिक्स एण्ड मेनेजमेन्ट (जेडएसईएम)मा अन्तराष्ट्रिय मामिला हेर्ने सल्लाहकारको रुपमा नियुक्त गरिएको छ । जसले ४ देशका ओलम्पिक समितिको नेतृत्व लिन्छ । साथै दुई सम्भ्रान्त युरोपियन विश्वविद्यालयहरूका लागि शैक्षिक कार्यक्रम तयार पार्दछ । जसले उनीहरूलाई खेलको दुनियापछि नयाँ व्यवसायिक क्षेत्रमा काम गर्न उत्प्रेरित गर्दछ ।

एमएलईए (एथलेट्सका लागि माइक्रो लर्निंग इन्टरप्रेन्योरशिप) प्रोजेक्टले विशेष, ‘टेलर मेड’ कार्यक्रमको विकास गर्नेछ जुन यस क्षेत्रका वर्तमान र भूतपूर्व एथलीटहरुलाई खेलबाट अक्सर गाह्रो र भ्रामक संक्रमणका लागि आवश्यक व्यावसायिक ज्ञान र सीप पाउन सकिन्छ । यसले व्यवसाय र उद्यमी क्षेत्रको दुनियाँमा छुट्टै स्थान ओगटेको छ । यस परियोजनाले गेमिफिकेशनका तत्वहरू र माइक्रो–लर्निंग मेथडोलजीको रोजगार समेत समावेश गरेको छ ।

यस परियोजनामा प्रवेश गरेपछि क्रोएशियाका पूर्व राष्ट्रपति कोलिन्दालाई अन्तर्राष्ट्रिय मामिलाका लागि जेएसईएमको नयाँ सल्लाहकारमा नियुक्त गरेको हो । उनी गत वर्ष अन्तर्राष्ट्रिय ओलम्पिक समितिको सदस्य भएकी थिईन् । उनको नयाँ पदमा पूर्व क्रोएसियाली राष्ट्रपतिले जेडएसईएमको महत्वाकांक्षालाई अन्तर्राष्ट्रिय सहयोगको सर्तमा अझ विस्तार गर्न र अझ सक्रियरुपमा अन्तर्राष्ट्रिय परियोजनाहरूमा संलग्न हुन सहयोग गर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक समितिका सदस्य र क्रोसियाली क्लब अफ ओलम्पियनका सभासद् क्रोसियालीका पूर्व राष्ट्रपति कोलिन्दाले भने ‘धेरै देशका राष्ट्रपतिहरु राजनीतिक जीवनको अन्त्यपछि शिक्षा क्षेत्रमा लागेका छन् । त्यसैले मैले पनि शिक्षा क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी पाएकोमा खुसी र यसलाई अवसरको रुपमा लिएको छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार