बेवारीसे शिशुलाई महिला प्रहरीले स्तनपान गराएकाे तस्वीर भाईरल

एजेन्सी । आमा शब्द सुन्नसाथ सबैको मनमा उब्जने एउटै वाक्य हो, जन्मदाता । करुणा, ममता, सन्तानको सबैभन्दा प्यारो मान्छे हो आमा । आमा बिनाको संसार कल्पना पनि गर्न सकिदैन ।

तर, केहि आमाहरु यत्तिसम्म निर्दयी हुन्छन् की, त्यसको कुनै लेखाजोखा गर्न सकिदैन । कतिपयले त बाध्यता बस जानीजानी गल्ती गर्न पुग्छन् । भने, केहिले बाध्यता बस । आफूले जन्माएको सन्तान कुन आमालाई प्यारो लाग्दैन र ? सबै आमाहरुलाई आफ्नो सन्तान उत्तिकै प्यारो लाग्छ ।

केहि दिन यता सामाजिक सञ्जालमा एउटा कारुणीक तस्वीर भाइरल भएको छ । तस्वीरलाई धेरैले शेयर, कमेण्ट र लाईक गरेका छन् । एउटी महिला प्रहरीले बेवारिसे शिशुलाई स्तनपान गराईरहेको तस्वीर । अहिले यो तस्वीर विभिन्न सामाजिक सञ्जालको ट्रेन्डिङमा छ ।

यो तस्वीर हो अर्जेन्टिनाको एक महिला प्रहरी र एक अस्पतालमा छाडिएको बेवारिसे शिशुको । ती महिला प्रहरीको ममता र मानवीयताका कारण उनको एक तह माथि बढुवा समेत गरिएको छ । बढुवा भएपछि महिला प्रहरीले शिशुलाई स्तनपान गराईरहेको तस्वीर झन भाईरल भएको हो ।

ती महिला प्रहरीको नाम हो सिलिसटे अयाला । अर्जेन्टिनाको प्रहरीले बुइनोस एरिक क्षेत्रबाट ६ जना शिशुहरुको उद्धार गरिएको थियो । त्यही उद्धार समूहमा अयाला पनि थिइन् । उद्धार गरिएका बालबालिकामध्ये सबैभन्दा सानो ७ महिनाको एक बालक धेरै रोएपछि अयालाले डाक्टरको अनुमति लिएर सो बच्चालाई स्तनपान गराएकी थिइन् ।

अयालाको १६ महिने छोरी छ । ‘मैले निशंकोच बच्चालाई स्तनपान गराए ।’ अयालाले भने, ‘बच्चाले दुध चुस्न थालेपछि रुन छाड्यो ।’ उनको तस्वीरलाई उनकै साथी मार्कोस हेरेडियाले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार