गर्भवती प्रियंकाको ८ तस्वीर, प्रशंसाभन्दा आलोचना धेरै

काठमाडौं । नेपाली चलचित्रकी नायिका प्रियंका कार्की बेला बेलामा चर्चामा र्आईरहन्छिन् । पछिल्लो समय उनी गर्भवती भएपछि सँधै चर्चामा छिन् ।

नायिका कार्की गर्भवती भएपछि उनले विभिन्न सामाजिक सञ्जालमा पोष्ट गरेका अधिकांश तस्वीरहरुले उनलाई थप चर्चाको शिखरमा पुर्याएको छ । कहिले बेड रुमको त कहिले बेबीशावरको तस्वीरले पछिल्लो समय उनलाई सँधै चर्चामा राखिरह्यो ।

झनै पछिल्लो समय विभिन्न सामाजिक सञ्जालमा अपलोड गरेको स्वीमिङ पुलको तस्वीरमा प्रशंसाभन्दा आलोचना धेरै आएको छ । कतिपयले रामै भनेता पनि अधिकांशले तस्वीरको आलोचना गरेका छन् ।

हेर्नुहोस पछिल्लो समय नायिका कार्कीले आफ्ना साथीहरुसँग स्वीमिङ पुलमा खिचेका विभिन्न पोजका तस्वीरहरु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार