टानद्धारा ९५० पर्यटक मजदुरलाई राहत वितरण

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)द्धारा ९ सय ५० जना पर्यटक मजदुरलाई राहत वितरण गरिएको छ । ‘टान फुड बैंक कार्यक्रम २०२१’ उपसमिति गठन गरि अति समस्यामा परेका पर्यटक मजदुरहरुलाई राहत वितरण गरिएको हो ।

टानले उपसमिति गठन गरि राहत वितरण गर्ने निर्णय सार्वजनिक गरेपछि राहतका लागि २ हजार २ सय २८ जना पर्यटक मजदुरले फर्म भरेका थिए । फर्म भरेकामध्ये अति समस्यामा परेका पर्यटक मजदुरहरुलाई पहिलो प्राथमिकतामा राखेर राहत वितर गर्न थालेको टानका प्रथम उपाध्यक्ष एवं टान फुड बैंक कार्यक्रमका संयोजक चोलेन्द्रबहादुर कार्कीले बताए ।

‘हामीले ९ सय ५० जना पर्यटक मजदुरहरुलाई राहत वितरण गरिसक्यौं । अब १ हजार ४० जनालाई राहत दिन बाँकी छ ।’ संयोजक कार्कीले भने, ‘फर्म भरेकामध्ये हामीले १ हजार ९ सय ९० जनालाई फोन गरेर राहत लिनको लागि पालैपालो बोलाएका थियौं । अब २ सय ३६ जनालाई फोन गर्न बाँकी छ ।’

राहतका लागि २ हजार २ सय २८ जनामध्ये ९ सय ५० जना पर्यटक मजदुरहरुले राहत लिईसकेको पनि संयोजक कार्कीले बताए । अझै फोन गरेकामध्ये १ हजार ४० जनालाई राहत वितरण गर्न बाँकी छ । नेपाली पर्यटन क्षेत्रले देशको अर्थतन्त्रलाई थप सहयोग गर्ने भएकाले सम्पूर्ण पर्यटन क्षेत्रका कम्पनीहरुलाई टान फुड बैंक कार्यक्रमलाई सहयोग गरिदिन पनि संयोजक कार्कीले अनुरोध गरेका छन् ।

टान फुड बैंक उपसमितिको संयोजकमा टानका प्रथम उपाध्यक्ष चोलेन्द्रबहादुर कार्की, सहसंयोजकमा दामोदर ढकाल, सदस्यहरुमा कान्छा शेर्पा, मिङमातेञ्जिङ शेर्पा, सनम शेर्पा, प्रेमबहादुर लामा, गोविन्द पन्त, सुशिलराज पौडेल र ङिमादिकी शेर्पा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार