होटल व्यवसायलाई कसरी बचाउने ?

  निनाम कुलुङ ‘मंगले’
224 Shares

आजको जमानामा पहिलेपहिले जस्तो आपूmलाई परेको काम फत्ते गर्न वा निश्चित उदेश्यका लागि गाउँघर छाडेर कुनै ठाऊँ वा भनौं गन्तव्यमा जाँदा बाटामा कहाँ बास बस्ने ?, कहाँ पुगेर बिहानको खाना बनाएर खाने ?, कहाँ पुगेर खाजा वा नास्ता खाने ?, खानका लागि केके बोक्ने ? यी सबै चिजबिचको जोहो आपैmले गरेर र, साथमा आपैmले बोकेर लानुपर्ने हुन्थ्यो । त्यो जमानामा मान्छेहरु सामलतुमल बोकैरै, बाटामा घर वा गोठसमेत नभेटेमा ठूलो रुखको फेद वा ओढारमा बास बसेरै पनि आप्mनो गन्तव्यसम्मको यात्रामा निस्कन्थे । यो पंक्तिकार स्वम् पनि सानो छँदा हिउँद याममा तमोर नदीको बाटो भएर (गडतीरै–गडतीर भएर) मधेस झर्दाको त्यसरी बास बसेको अनुभव छ । तर, आज जमाना फेरिएको छ । त्यसैले आजभोलि कसैले पनि (कतैकतै लामो बिकट क्षेत्रमा पदयात्रा÷ट्रेकिङ गर्न जाँदा र पर्वतारोहणमा जाँदाबाहेक वा आपैmले जानीबुझी जंगलमा वा एकान्तमा बस्ने भन्ने बाहेकको अवस्थामा) त्यसरी यात्री आपैmले खाने, बस्ने, सुत्ने बन्दोवस्त आपैmले गरी रहनु पर्दैन ।

हो, आजका यात्रीहरुलाई पहिले जमानामा जस्तो आप्mनो यात्रा वा गन्तव्यमा निक्लदा आपूmलाई चाहिने हर चिजबिजको व्यवस्था आपूm जाने ठाउँमै (पायकपर्ने ठाउम्ँमा) गरिएको हुन्छ । त्यसैले आजभोलि हरेक ठाउँमा लामो समय घुम्न निक्लने वा विशेष कामले घर वाहिर बास बस्न निक्लने मानिसहरुलाई लक्षित गरेर ठाउँठाउँमा होटेल, कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, होमस्टे आदि खोलिएको हुन्छ । त्यसैले आजका यात्रीहरुलाई पहिले जस्तो आप्mनो यात्रा वा गन्तव्यमा निक्लदा बाटामा आपूmलाई चाहिने हर चिजबिजको व्यवस्था गरी रहनु पर्दैन । खालि ऊ सँग नखत÷नगद (पैसो !) भए पुग्छ ।

हुन त कुनै उदेश्य पूर्ति वा काम विशेष र नातागोता भेट्ने उदेश्य बाहेकको घुमघामलाई पर्यटकीय घुमघाम भन्ने अर्थमा बुझिन्छ । जसले आप्mनो देश छाडेर (२४ घण्टाभन्दा बढी समय विताउने गरी) दोस्रो देश जाने गर्छ, ऊ बाह्य पर्यटकमा गनिन्छ भने जसले आप्mनो घर छाडेर स्वदेशभित्रै घुमघाममा निक्लन्छ, ऊ आन्तरिक पर्यटकमा दरिन्छ । यसरी कुनै पन मान्छे विादा, मनोरञ्जन वा रमाईलो गर्न अथवा अंग्रेजीमा भन्नु पर्दा ‘रिपे्रmस !’ हुन निक्लन्छ, ऊ पर्यटक हुन्छ । हुन पनि कुनै व्यक्ति घर बाहिर बस्ने घरी निक्लने बित्तिकै (नातागोता कहाँ जानेबाहेक) उसलाई सबैभन्दा पहिले वास बस्ने वा भनौं रात बिताउने व्यवस्था हुनु जरुरी हुन्छ । त्यसपछि मात्रै उसले के खाने के पिउने ? भन्ने चिन्ता गर्छ अथवा खाने, पिउनेको व्यवस्था गर्छ, आफन्त वा नातागोता कहाँ गएर बास बस्नेहरु भने पर्यटकमा गनिदैनन् । किनकि, आफन्त वा नातागोताको घरमा गएर बस्नेहरुले पैसा तिरेर खाने, रात बिताउँने भन्ने हुँदैन । अर्को महत्वपर्ण कुरो के हो भने, ‘जसले कुनै नाफा मूलक वा स्वार्थविहीन ढंगले एक रात आप्mनो घर वा देश छाडेर बाहिर बिताउँछ, उसलाई पर्यटक (आन्तरिक र बाह्य दुवै) मान्ने’ भन्ने संयुक्त राष्ट्र संघसँग आवद्ध ‘विश्व पर्यटन संगठन (युएन डब्लुटिओ)’ को मान्यता वा भनौं परिभाषा रहेको छ ।

तर, हाम्रो देशमा भने, भारतीय सीमा क्षेत्रको होटल वा लजमा आएर नबसेरै (दिउँसो एकैछिन गौतम बुद्धको जन्मस्थल नेपाल घुमेर लुम्बिनी घुमेर बास बस्न भारततिरै जाने) विदेशी विशेषतः बौद्ध धर्मालम्बीहरु पर्यटकहरुलाई पर्यटक मान्ने कि नमान्ने ? भन्ने प्रश्न पनि छ । खास गरी हाल भगवान मानिएको र बुद्ध धर्मका प्रवद्र्धक गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्नका लागि भारत भएर एक छिन नेपाल आउने र सोही दिन भारततिरै फर्किने विदेशी (यस्तो पर्यटक श्रीलंका लगायत केही एसियाली देशका पर्यटकहरु बढी संख्याामा रहेको अध्ययनले देखाएको छ ।) पर्यटकहरुलाई के भन्ने ? उनीहरुलाई पनि पर्यटक मानेर पर्यटकको सूचीमा राख्ने?, पर्यटक मान्ने ? यस बारेमा हामीले गम्भीर भएर सोच्ने हो कि ? जे भए तापनि नेपालको होटेल व्यवसाय कसरी बचाउने वा टिकाउने ? भन्ने सन्दर्भमा हेर्दा हाल साह्रै कठिन अवस्था, नेपाली होटल उद्योग–व्यवसायको । त्यसो त लामो समयदेखि होटेल व्यवसाय र पर्यटन उद्योगलाई विश्वभरि नै धुवाँरहित उद्योगको रुपमा मान्यता दिईएको छ ।

नेपालमा पदयात्रा अर्थात् टे्रकिङ, पर्वतारोहण अर्थात् माउन्टेनियरिङ, भ्रमण अर्थात् ट्राभल, जलयात्रा अर्थात् र्याप्mटिङ, बरफ आरोहण’आईस क्लाईम्किङ (एक दमै जमेको हिउँ जो नीलो… देखिन्छ) अर्थात् आईस क्लाइम्बिङ, वन–जंगल घुम्ने अर्थात् जंगल सफारी, निकुञ्ज, बन्जी जम्पिङ, चरा अवलोकन अर्थात् बर्ड वाचिङ, खेल पर्यटन अर्थात् स्पोर्ट टुरिज्म, फिसिङ अर्थात् माछा मार्ने÷माछा सिरकार, शिकार पर्यटन, हट एयर बालुनिङ, जिप प्mलाईएर, चट्टान आरोहण अर्थात् रक क्लाइम्बिङ, कायाकिङ, साइक्लिङ, मोटर बाइकिङ, हाईकिङ, स्काई डाइभ, माउन्टेन प्mलाईट, सांस्कृतिक भ्रमण अर्थात् कल्चरल टुर, औषधोउपचार अर्थात् मेडिकल टुर, ध्यान पर्यटन अर्थात योगा टुर, गाउँ अवलोकन भ्रमण (यस्तो भ्रमण कुनै जाति विशेषको बसोवास भएको ठाउँमा गरिन्छ) अर्थात् भिलेज टुर, सहर अवलोकन भ्रमण अर्थात् सिटी टुर, किल्ला अथवा दूर्ग भ्रमण फोर्ट टु, सम्पदा अवलोकन भ्रमण अर्थात् हेरिटेज टुर आदिका लागि विदेशी पर्यटकहरु आउने गरेका छन् ।

सन् २०१९ मा चीनको दक्षिणपूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट सुरु भएको नोभेलकोरोना भाइरसले महामारीको रुप लिनुअघि नेपालको पर्यटन उद्योगको पनि विशेषतः होटल क्षेत्रको उन्नति प्रगत राम्रैसँग भई रहेको थयो । तर,… त्यो वेला नेपालमा होटल उद्योगले ‘दिन दुई गुणा रात चौ गुणा’ले उन्नति वा भनौं प्रगति गरी रहेभैmँ लाग्थ्यो । त्यस समयमा नेपालको होटल उद्योगमा १० खर्ब भन्दा बढी लगानी भएको भन्ने समाचारहरु आउँथे । त्यसो त कोरोना महामारीपछिको समयमा पनि नेपालको होटल उद्योगमा लगभग चार खर्ब लगानी थपिएको भन्ने भनाइ रहेको छ । यो आधारमा हेर्दा हाल नेपालको होटल उद्योगमा लगभग १५ खर्बभन्दा बढी नै लगानी भैसकेको हुनु पर्छ । हुन पनि ऊ वेलै (कोरोना कालअघि) कैलाली जिल्लाको धनगढी लगायत विभिन्न स्थानमा मात्रै होटल उद्योगमा ८ अर्बभन्दा बढी लगानी भएको भनी त्यही वेला एक अनलाईनमा समाचार आएको थियो ।

त्यस्तै सन् २०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङ जिल्लामा रहेको हिन्दुहरुको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको भ्रमण गरेका थिए । यसरी भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले मुस्ताङ जिल्लामा रहेको हिन्दुहरुको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको भ्रमण गरेपछि हिन्दुहरुको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको भ्रमण गर्न आउने भारतीय पर्यटकहरुको घुइँचो सोचेभन्दा बढी नै लाग्न थालेको थियो । तर, त्यो क्रम पनि कोभिड–१९ को महामारीसँगै रोकिएको छ । यसरी भारतीय लगायत अन्य देशका पर्यटकहरुको चाप बढ्न थालेपछि मुुस्ताङ जिल्लाको मुक्तिनाथ लगायत माथिल्लो मुस्ताङ क्षेत्रमा समेत नयाँ होटल खुल्ने क्रम बढ्दो कममा रहेको थियो/छ ।

त्यसो त सन् १९९३÷९४ तिर यो पंक्तिकार टे्रकिङ भरियाको रुपमा पहिलोपटक थोराङपास जाँदा मुक्तिनाथ क्षेत्रमा दुईवटा मात्रै होटल देखेको थियो । त्यसो त त्यो वेला थोराङपास ट्रेकङ रुटमा मात्रै नभएर नेपालका प्रायः सबै ट्रेकिङ रुटहरुमा त्यो वेला होटल वा लज हुन्थेनन् । त्यसरी होटल वा लज उपलब्ध नभएकैले प्रायः क्याम्पिङ ट्रेक गर्ने प्रचलन रहेको थियो, त्यो वेलामा । साथै हिन्दु धर्मालम्बीहरुको प्रसिद्ध धार्मिक तीर्थस्थल पनि भएकोले गर्दा त्यो वेला मुक्तिनाथ दर्शन गर्न आउने धेरै जसो भारतीय र नेपाली हिन्दु तीर्थयात्रीहरु पाटी, पौवा वा भनौं धर्मशालामा वास बस्थे भने, युरोप, अमेरिका, जापान लगायत विकशित देशका पदयात्रीहरु क्याम्पिङ (पाल टाँगेर) गरेर बस्थे । ninamkirat123@gmail.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार