३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

आगलागीबाट करिब पाँच लाखको धनमाल नष्ट



पर्वत, ७ कात्तिक । पर्वत जिल्लाको कुश्मा नगरपालिका–५ खुर्कोटमा शनिबार साँझ भएको आगलागीबाट रु पाँच लाख बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयवासी शिवप्रसाद पौडेलको किराना पसलमा आगलागी हुँदा नगद १७ हजारसहित पाँच लाख बराबरको धनमाल र घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पसलमा अचानक विद्युत् सर्ट हुन गई आगलागी भएको हो । उक्त आगो स्थानीय वासिन्दा तथा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीको सहकार्यमा नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७३, आइतबार  ३ : १३ बजे