न्यूयोर्क उडसाइडमा सोलुखुम्बुको एकै परिवारको ३ जनाको मृत्यु

  सगरमाथा अनलाईन
2.2k Shares

काठमाडौं । न्यूयोर्कमा मूसलधारे वर्षाको कारण सोलुखुम्बु स्थायी ठेगाना भएका एकै परिवारको ३ जनाको मृत्यु भएको छ ।

न्यूयोर्क क्विन्स उडसाइडस्थित सिक्सटि फोर स्ट्रीट फोरको बेस म्यानमा बस्दै आएका सोलुखुम्बु जुनबेसीका ४९ वर्षिय आङगेलु लामा, ४८ वर्षिय श्रीमती मिङमा याङजी शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामाको मूसलधारे वर्षाको कारण मृत्यु भएको बताइएको छ ।

लामा परिवारको मृत्यु लगतै सुरक्षा निकायले विहानै उनीहरुको शव व्यवस्थापन गरि छानवीन प्रक्रिया अगाडी बडाइरहेको पारिवारिक सदस्यले बताएका छन् । मृतक लामा विगत १४ वर्षदेखि न्यूयोर्कमा बसोबास गदै आएका थिए ।

‘न्यूयोर्कमा कल्पनानै नगरेको त्यो घटनामा हाम्रो परिवारको सदस्य गुमाउनु पर्दा निकै दुःख लागीरहेको छ’ मृतक आङगेलु लामाको दाई लातेन लामाले बताए । लातेन र उनको दाई दोमे लामा मृतक भाईको परिवारको लागी धार्मिक कार्यमा जुटिरहेका छन । न्यूयोर्कमा भएको मूसलधारे वर्षको कारण १२ जनाभन्द बढिको मृत्यु भएको छ, भने धेरैको क्षति भएको छ ।
शेर्पा समुदायमा एकै परिवारको ३ जनाले ज्यान गुमाउनु परेको अकल्पनीय घटनाले निकै दुःखित तुल्याएको शेर्पा किदुग अध्यक्ष छिरिङ शेर्पाले बताए । मृतक लामाको परिवारको दुःखद निधनप्रति शेर्पा किदुगले श्रद्धाञ्जी दिँदै मृतकको परिवारलाई चाहिने आवश्यक सहयोग गर्ने पनि अध्यक्ष शेर्पाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार