बाहिङ किरात मुलुखिम बेलायतको अध्यक्षमा चक्रबहादुर बाहिङ

  सगरमाथा अनलाईन
966 Shares

काठमाडौं । बाहिङ किरात मुलुखिम बेलायतको अध्यक्षमा चक्रबहादुर बाहिङ निर्वाचित भएका छन् ।

शनिबार बेलायतको अस्फोर्ड केन्टस्थित गोर्खा भान्सा घर रेष्टुरेण्टको हलमा आयोजना गरिएको बाहिङ किरात मुलुखिम बेलायतको तेस्रो वार्षिक साधारण सभा एवं अधिवेशनले चक्रबहादुर बाहिङलाई अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा क्याप्टेन रघुवीर बाहिङ, महासचिवमा प्रभुराम बाहिङ, कोषाध्यक्षमा राजेन्द्रकुमार बाहिङ निर्वाचित भएका छन् ।

त्यसैगरी साँस्कृतिक सचिवमा मिलन बाहिङ, सञ्चार सचिवमा समुन्द्रलाल बाहिङ, सचिवमा जस्तराज बाहिङ, सहकोषाध्यक्षमा रीमा बाहिङ, सह साँस्कृतिक कोषाध्यक्षमा विशाल बाहिङ र सह साँस्कृतिक सचिवमा सुनिता बाहिङ निर्वाचित भएका छन् ।

त्यस्दै सदस्यहरुमा दलबहादुर बाहिङ, चन्द्रकुमार बाहिङ, मणिकुमार बाहिङ, साङ्गराज बाहिङ र सन्तोष बाहिङ निर्वाचित भएका छन् । निर्वाचित कार्यसमितिको अवधि ४ वर्षको रहने छ ।

विदेशी भूमिमा विभिन्न काम र पेशामा रहनु भएका बाहिङ दाजुभाई, दिदीबहिनीहरुलाई भाषा, परम्परा, सँस्कार, सँस्कृति र भेषभूषाको संरक्षण गर्न बाहिङ किरात मुलुखिम केन्द्रीय कार्यसमिति काठमाडौंको विधान अनुसार बेलायतमा शाखा विस्तार गरिएको केन्द्रीय महासचिव धिरेन बाहिङले बताए । बेलायतको विभिन्न क्षेत्रमा स्थायी तथा अस्थायी रुपमा बसोबास गर्ने बाहिङहरुको एकता, भाषाप्रतिको माया र भावि सन्तानलाई पुस्तान्तरणको लागि बाहिङ किरात मुलुखिमले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको पनि महासचिव बाहिङले बताए ।

तस्वीर: देब रुम्दाली राई।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार