२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

एमालेबाट निर्वाचित सोलुका जनप्रतिनिधीले नेकपा एसलाई साथ दिएनन्

आफ्नै गुटमा फर्किए बुद्धिकिरण, राजनीतिलाई व्यापार बनाए


सगरमाथा अनलाईन

२३ भाद्र २०७८, बुधबार  

4.1k
Shares

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी (एस)लाई साथ दिएनन् । नेकपा एमालेबाट निर्वाचित प्रदेश र स्थानीय जनप्रतिनिधीहरुलाई भदौ २२ गतेसम्म नेकपा एसलाई रोज्ने निर्वाचन आयोगले समय दिएको थियो ।

नेकपा एमाले सोलुखुम्बुबाट निर्वाचित भएका प्रदेश सभा सदस्य २, जिल्ला समन्वय प्रमुखसहित ७, गाउँपालिका अध्यक्ष ३, उपमेयर १, उपाध्यक्ष ३, वडा अध्यक्ष २५ र वडा सदस्यहरु ८४ जना जनप्रतिनिधीहरुले एमालेमै बस्ने निर्णय गरेका हुन् । खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्षको भने २ वर्ष अघि मृत्यु भएको थियो ।

नेकपा एमाले २०७५ जेठ २ मा फर्किएसँगै एमाले सोलुखुम्बुको बैठक भदौ १९ गते सदरमुकाम सल्लेरीमा बसेको थियो । बैठकमा यसअघि माधबकुमार नेपाल समूहलाई साथ दिएका केहि जनप्रतिनिधीहरुले पनि पार्टी फुट्को पक्षमा नभएको भन्दै एमालेमै रहने घोषणा गरेका थिए ।

Sagarmatha

‘राजनीतिमा फुटेर होइन, जुटेर मात्रै आम जनताको सेवा गर्न सकिन्छ ।’ नेकपा एमाले सोलुखुम्बुका प्रचारप्रसार विभाग प्रमुख वीरउदास श्रेष्ठले भने, ‘यही नाराका साथ सोलुखुम्बुबाट नेकपा एमालेको सूर्य चिन्हमा विजयी भएका जनप्रतिनिधीहरु एकसाथ एमालेमै रहने निर्णय गरेका हुन् ।’

आफ्नै गुटमा फर्किए बुद्धिकिरण

शिक्षण पेशाबाट राजिनामा दिई वि.सं. २०७२ सालदेखि नेकपा एमालेको सक्रिय राजनीतिमा लागेका माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई अन्ततः आफ्नै गुटमा फर्किएका छन् । एमालेको सक्रिय राजनीतिमा लाग्दा राई तत्कालिन केपी ओली गुटबाटै पार्टी प्रवेश गरेका थिए । त्यसबेला उनले ओली गुटमा प्रवेश गर्ने बित्तिकै जिल्लाबाट केन्द्रीय महाधिवेशनको लागि प्रतिनिधी पुरस्कार पाएका थिए ।

त्यसबेला उनी निक्कै आलोचित भएका थिए । जुनबेला वर्षौंदेखि पार्टि संगठन र उर्जाशील समय राजनीतिमा खर्चिएका नेताहरुले गुटकै कारण प्रतिनिधी हुनबाट बञ्चित हुनु परेको थियो । राईलाई टपक्कै टिपेर त प्रतिनिधी बनाईयो । तर, केन्द्रीय प्रतिनिधी भएर काठमाडौं टेक्ने बित्तिकै राई माधवकुमार नेपाल समूहमा गए ।

त्यसपछि राईको राजनैतिक अस्थिरता शुरु भयो । उनको अस्थिरता आजसम्म पनि कायमै छ । ‘उनी जे बोल्छन, त्यो कहिल्यै गर्दैनन्, जे बोल्दैनन् त्यो गर्छन्,’ एक नेताले भने, ‘चरम अवसरवादी हुन उनी ।’

यसअघि केपी ओलीको समूहबाट केन्द्रीय सदस्य हुनको लागि राईले धेरै नेताको घर धाए । तर, हातमा लाग्यो शुन्य । यत्तिसम्म गरे की तत्कालिन नेकपा प्रचण्ड, नेपाल समूहको ओली विरुद्धको स्थानीय तहमा तय भएको कार्यक्रम समेत आलटाल गरेर केहि दिन सार्न लगाए । केन्द्रीय सदस्य नपाएको झोकमा उनी फेरी गाउँ फर्किएर पाकेर झुलिसकेको धानमा पानी लगाए जस्तै गरे । तर, उनको अस्थिरता रोकिएन । ‘आफूले चाहेको बेला मात्रै उनले जो कसैलाई सम्पर्क गर्न सक्छन् । तर, कसैले चाहेको बेला उनलाई कुनै सम्पर्क गर्न सकिदैन’ एक नेताले भने ।

राजनीतिलाई व्यापार बनाए बुद्धिकिरणले

सक्रिय राजनीतिमा प्रवेश गरेको दिनमा नै अधिवेशनको केन्द्रीय प्रतिनिधी पुरस्कार पाएको बुद्धिकिरणले राजनीतिलाई व्यापारिक फाईदामा रुपान्तरण गरेका छन् । उनीसँग अहिले दुई ओटा स्काभेटर (डोजर) छ । उनको डोजरले माप्य दुधकोशी गाउँपालिकाको सबै मोटर बाटो चर्को मूल्यमा खनेर स्थानीयलाई थप घाटामा धकेलिदियो ।

त्यत्तिमात्र होइन उनी जग्गा दलालीको काममा पनि त्यत्तिकै माहिर छन् । सदरमुकाम सल्लेरीमा उनको क्रसर उद्योग पनि छन् । उनी फेरी पनि जनप्रतिनिधी भएर मोटो रकम कुम्ल्याउन पुनः ओली समूहमै फर्किएको नेकपा एसका जिल्ला नेताहरुको भनाई छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ४ : २४ बजे