सोलुखुम्बु । नेपाली कांग्रेसका नेता एवं पर्यटन व्यवसायी खरोवीर कुलुङ (केबी)ले कम्प्युटर दिने घोषणा गरेका छन् । महाकुलुङ गाउँपालिकाका ५ वटै वडाका नेपाली कांग्रेस वडा कार्यालयलाई १/१ थान कम्प्युटर प्रदान गर्ने नेता कुलुङले घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसको १४ औं अधिवेशनको शिलशिलामा महाकुलुङ पुगेका नेता कुलुङले नेपाली कांग्रेस वडा कार्यालयको काम चुस्त र दुरुस्त राख्नको लागि ५ वटै वडा कार्यालयलाई १/१ थान कम्पुटर सेट दिन लागेको बताए । ‘कार्यालयको रेकर्ड राख्न सजिलो होस भनेर मैले नेपाली कांग्रेस महाकुलुङको ५ वटै वडा कार्यालयलाई कम्प्युटर दिन लागेको हो ।’ नेता कुलुङले भने, ‘भनेको समयमा पार्टीको सम्पूर्ण दस्तावेज सहज रुपमा हेर्न र ईन्टरनेटबाट डाउनलोड गरी हेर्नको लागि कम्प्युटर आवश्यक भएकाले मैले कम्प्युटर दिने घोषणा गरेको हो ।’
महाकुलुङ २ पेल्माङ स्थायी ठेगाना भई हाल ठमेल काठमाडौं बस्दै आएका कुलुङ पेशाले पर्यटन व्यवसायी हुन् । उनी लामो समयदेखि समाजसेवाको रुपमा नेपाली कांग्रेसमा आबद्ध भएर सक्रिय राजनीतिमा छन् ।








